२०८३ बैशाख ३
April 16, 2026, Thursday

डोटी र बझाङका भूकम्प पीडितको बिजोग, टनेलभित्र बास

दिपायल बझाङको थलारा गाउँपालिका–८ बिस्खेत गाउँको हलिया बस्ती नजिकको यो टनेलभित्र भने महिला, बालबालिका र वृद्धवृद्धा अटेस–मटेस गरेर बसिरहेका छन् । जाडोले दम बढेर वृद्धवृद्धा खोकिरहेका थिए । बालबालिकाका अनुहार निन्याउरा देखिन्थे ।

Advertisement

रातभर टनेलबाट चुहिएको पानीले भिजेका ओढ्ने–ओछ्याउने कपडा खेतका आलीमा असरल्ल सुकाउन राखिएका थिए । स्थानीय गैरदलितको नाममा भएको जग्गामा घर बनाएर बसेका १८ परिवार भूमिहीन दलितहरू अहिले स्थानीय गैरदलितको एउटा खेत भाडामा लिएर एउटै प्लास्टिक टनेलभित्र रात काटिरहेका छन् ।
कात्तिक २२ को भूकम्प र त्यसपछि पटक–पटक गएका परकम्पका कारण उनीहरूका घर चर्केर छियाछिया भएका छन् । प्लास्टिकको टनेलबाट शीत चुहिने र ओढ्ने–ओछ्याउने लुगा गतिलो नभएका कारण यहाँ बस्न सकस भएको उनीहरू बताउँछन् ।

Advertisement

‘अहिलेसम्म कतैबाट राहत सहयोग केही पाएका छैनौं, शीत नचुहिने कपडाको पाल र ओढ्ने–ओछ्याउने गतिलो लुगा भइदिए पनि रात काट्न सजिलो हुने थियो,’ लालमती दमाईंले भनिन्, ‘वडाध्यक्ष आएर राहतको कुरा हुँदै छ भन्नुभएको छ तर अहिलेसम्म केही पनि पाएका छैनौं ।’ थलारा गाउँपालिकाभरिमा ४५ घर पूर्ण रूपमा भत्किएको ७३ वटा घर बस्न नमिल्ने गरी चर्किएको र ३ सय ५३ वटा घर चर्किएर जोखिम भएको जानकारी दिँदै राहत र पुनःस्थापनाका लागि गाउँपालिकाले काम गरिरहेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए ।

डोटीको पूर्वीचौकी गाउँपालिकाका पीडित पनि खुला आकाशमुनि बसिरहेका छन् । उनीहरूले अझैसम्म राहतसमेत पाउन नसकेको गुनासो गरेका छन् । त्रिपाल, टेन्ट, लत्ताकपडा तथा औषधिजन्य सामग्री अभाव रहेको पूर्वीचौकी–३ गैरागाउँका हर्क बोहराले बताए । उक्त भूकम्पले जिल्लाका १ हजार ४ सय १२ घरमा पूर्ण तथा ३ हजार ८ सय २ घरमा आंशिक क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका महासचिव देव बोहराले बताए ।

घरमा क्षति भएर विस्थापित भएकाहरू कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य छन् । त्रिपालमुनि चिसो रात काट्न सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई समस्या भएको पूर्वीचौकी–४ की सरस्वती खड्काले बताइन् । परकम्पका कारण चर्केका घरमा बस्न स्थानीय डराइरहेका छन् । कात्तिक २२ मा खप्तड केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर २, शुक्रबार १८:०९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर २, शुक्रबार १८:०९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर २, शुक्रबार १८:०९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP