काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ।
बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अग्ररता बनाएका छन्।
उनले ताजा अवस्थामा ६६७ मत ल्याउन सफल भएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ६३३ मत ल्याएका छन्।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले ६४ मत ल्याउन सकेका छन्।
यसअघि २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका थापा विजयी भएका थिए। तर स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसभन्दा एमाले केही बलियो देखिएको थियो।
यो पटक गगनले आफूले यहाँबाट जिते नेपाली कांग्रेस दलको नेता भएर प्रधानमन्त्री बन्ने योजनासहित भोट मागेका थिए।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...