
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट विजयी हुने निश्चित भएको छ ।
शर्माले ३८ हजार ४५८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले २४ हजार ५९३ मत ल्याएका छन् ।
उनीहरू दुवैको मत अन्तर १३ हजार ८६५ रहेको छ । सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको थियो । हालसम्म ७६ हजार ४३७ मत गणना भइसक्दा विश्वप्रकाशले यस्तो अग्रता लिएका हुन् । बाँकी मत सबै खरेलले ल्याउँदा पनि शर्माले जित्ने निश्चित भएको हो ।
मेचीनगर नगरपालिका, ९ झापा स्थायी ठेगाना भएका शर्माको जन्म झापाकै धुराबारीमा २०२७ साल पुस ६ गते भएको हो । स्नातकसम्म अध्ययन गरेका उनी वाकपटुता भएका बौद्धिक नेता मानिन्छन् । २०४१ सालमा नेविसंघको विद्यालय इकाई समितिका सभापति भएका उनी २०४३–०४५ मा मेची क्याम्पस इकाई सभापतिको रुपमा निर्वाचित भएका थिए ।
स्कुल, क्याम्पसको सफल कार्यकाल सम्हालेका उनी नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति बनेका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ महामन्त्रीमा विजयी बनेका हुन्।
उनी २०७५ मा केही समय पार्टीको प्रवक्ता पनि बनेका थिए । शर्मा राजनीतिक आन्दोलनका क्रममा विभिन्न समयमा प्रहरी हिरासतमा बसेका थिए । शर्मा यसअघि २०७४ सालको निर्वाचनमा माओवादी नेता राम कार्कीसँग पराजित बनेका थिए ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...