Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

विश्वप्रकाशको जित निश्चित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट विजयी हुने निश्चित भएको छ ।

Advertisement

शर्माले ३८ हजार ४५८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले २४ हजार ५९३ मत ल्याएका छन् ।
उनीहरू दुवैको मत अन्तर १३ हजार ८६५ रहेको छ । सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको थियो । हालसम्म ७६ हजार ४३७ मत गणना भइसक्दा विश्वप्रकाशले यस्तो अग्रता लिएका हुन् । बाँकी मत सबै खरेलले ल्याउँदा पनि शर्माले जित्ने निश्चित भएको हो ।

Advertisement

मेचीनगर नगरपालिका, ९ झापा स्थायी ठेगाना भएका शर्माको जन्म झापाकै धुराबारीमा २०२७ साल पुस ६ गते भएको हो । स्नातकसम्म अध्ययन गरेका उनी वाकपटुता भएका बौद्धिक नेता मानिन्छन् । २०४१ सालमा नेविसंघको विद्यालय इकाई समितिका सभापति भएका उनी २०४३–०४५ मा मेची क्याम्पस इकाई सभापतिको रुपमा निर्वाचित भएका थिए ।

स्कुल, क्याम्पसको सफल कार्यकाल सम्हालेका उनी नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै २०५७ मा केन्द्रीय सभापति बनेका थिए । अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मा हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ महामन्त्रीमा विजयी बनेका हुन्।

उनी २०७५ मा केही समय पार्टीको प्रवक्ता पनि बनेका थिए । शर्मा राजनीतिक आन्दोलनका क्रममा विभिन्न समयमा प्रहरी हिरासतमा बसेका थिए । शर्मा यसअघि २०७४ सालको निर्वाचनमा माओवादी नेता राम कार्कीसँग पराजित बनेका थिए ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP