२०८३ बैशाख २
April 15, 2026, Wednesday

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस अगाडि : कुन दल, कुन स्थानमा ?

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभातर्फ १३ क्षेत्रमा विजयी हासिल गरेको भने प्रदेशसभातर्फ क्षेत्रमा निर्वाचित भएको छ ।

Advertisement

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले प्रतिनिधिसभातर्फ ४० क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभा सदस्यतर्फ १८ क्षेत्रमा विजयी भइसकेको छ भने ६१ क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ ।

Advertisement

यस्तै, नेकपा एमाले अहिलेसम्म दोस्रो स्थानमा छ । एमालेले प्रतिनिधिसभातर्फ ५ क्षेत्रमा निर्वाचित भएको छ भने ४१ क्षेत्रमा अग्रता लिइरहेको छ । प्रदेशसभातर्फ एमालेले अहिलेसम्म ६ क्षेत्रमा विजयी हासिल गरेको छ भने ७२ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा विजयी भएको छ भने ५ क्षेत्रमा अगाडि छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ २ क्षेत्रमा जित हासिल गरेको छ भने १५ क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभातर्फ माओवादीे ८ क्षेत्रमा विजयी भएको छ भने ३३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादी प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ भने ११ स्थानम अगाडि रहेको छ ।

यस्तै, अहिलेसम्म राप्रपाले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ । एक प्रदेशसभा सदस्य निर्वाचित भएको छ भने तीन क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, समानुपातितर्फ भने एमाले अगाडि छ । यो समाचार तयार पार्दासम्म समानुपातिकमा एमालेले २ लाख ३७ हजार ८४४ मत पाएको छ । यस्तै, नेपाली कांग्रेसले २ लाख १५ हजार ६ मत पाएको छ भने नेकपा माओवादीले ९८ हजार ८४३, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ९ हजार ५१३, राप्रपाले ६५ हजार ३३०, एकीकृत समाजवादीले १३ हजार ३०३ मत पाएको छ ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार १७:१२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार १७:१२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०७९ मंसिर ७, बुधबार १७:१२

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP