२०८० मंसिर १७
December 3, 2023, Sunday

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस अगाडि : कुन दल, कुन स्थानमा ?

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभातर्फ १३ क्षेत्रमा विजयी हासिल गरेको भने प्रदेशसभातर्फ क्षेत्रमा निर्वाचित भएको छ ।

Advertisement

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले प्रतिनिधिसभातर्फ ४० क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभा सदस्यतर्फ १८ क्षेत्रमा विजयी भइसकेको छ भने ६१ क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ ।

Advertisement

यस्तै, नेकपा एमाले अहिलेसम्म दोस्रो स्थानमा छ । एमालेले प्रतिनिधिसभातर्फ ५ क्षेत्रमा निर्वाचित भएको छ भने ४१ क्षेत्रमा अग्रता लिइरहेको छ । प्रदेशसभातर्फ एमालेले अहिलेसम्म ६ क्षेत्रमा विजयी हासिल गरेको छ भने ७२ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा विजयी भएको छ भने ५ क्षेत्रमा अगाडि छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ २ क्षेत्रमा जित हासिल गरेको छ भने १५ क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभातर्फ माओवादीे ८ क्षेत्रमा विजयी भएको छ भने ३३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादी प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ भने ११ स्थानम अगाडि रहेको छ ।

यस्तै, अहिलेसम्म राप्रपाले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ । एक प्रदेशसभा सदस्य निर्वाचित भएको छ भने तीन क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, समानुपातितर्फ भने एमाले अगाडि छ । यो समाचार तयार पार्दासम्म समानुपातिकमा एमालेले २ लाख ३७ हजार ८४४ मत पाएको छ । यस्तै, नेपाली कांग्रेसले २ लाख १५ हजार ६ मत पाएको छ भने नेकपा माओवादीले ९८ हजार ८४३, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ९ हजार ५१३, राप्रपाले ६५ हजार ३३०, एकीकृत समाजवादीले १३ हजार ३०३ मत पाएको छ ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ मंसिर ७, बुधबार १७:१२

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर ७, बुधबार १७:१२

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर ७, बुधबार १७:१२

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP