काठमाडौं – काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन। उनले १४ हजार २०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे ।
कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत बालकृष्ण मिश्रले सीआईएनलाई जानकारी दिए ।
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे । गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाइन ।
काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ विजयी भए । उनले १० हजार १०५ मत प्राप्त गरे । उनले निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतले पराजित गरे । सायमीले ५ हजार ८ सय ८९ मत पाए ।
यस्तै, काठमाडौँ २ बाट रास्वापाका शाेविता गाैतम विजयी भइन । उनले १५ हजार १२९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे भने राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरे ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...