Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

काठमाडौंमा स्वतन्त्र पार्टीका चार जना उम्मेदवार विजयी

काठमाडौं – काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन। उनले १४ हजार २०४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे ।

Advertisement

कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत बालकृष्ण मिश्रले सीआईएनलाई जानकारी दिए ।

Advertisement

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे । गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाइन ।

काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ विजयी भए । उनले १० हजार १०५ मत प्राप्त गरे । उनले निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतले पराजित गरे । सायमीले ५ हजार ८ सय ८९ मत पाए ।

यस्तै, काठमाडौँ २ बाट रास्वापाका शाेविता गाैतम विजयी भइन । उनले १५ हजार १२९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे भने राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरे ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP