Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

गगन थापाले भने : अबको मिसन संसदीय दलको चुनाव लड्ने

काठमाडौं– कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र–४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनमा लड्न तयारी थाल्ने बताएका छन्।

Advertisement

निर्वाचन मत परिणाम घोषणा भएपछि मतदातालाई सम्बोधन गर्दै थापाले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ। त्यो कुरा व्यक्त गर्नुभएको छ। त्यसलाई कार्यान्वयन गर्ने तयारीमा लागेको छु।’

Advertisement

मत परिणामको संकेत हेर्दा अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको देखिएको उनले बताए। ‘त्यो चालक कांग्रेसभित्रै छन्। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ। देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले भने।


थापाले निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका छन्। थापाले २१ हजार ३०१ मत ल्याए भने भने भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे।

Related News

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा बिहीबारदेखि आइतबारसम्म राति सवारी बन्द
  • २०८३ आश्विन ८, बिहीबार १४:०६

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडक आज बिहिबारदेखि आइतबारसम्म रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।...

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

TOP