Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

हेमराज थापाको जमानत जफत हुने

Advertisement

दिपायल – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हेमराज थापाको जमानत (धरौटी) जफत हुने भएको छ ।

Advertisement

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो ।

कडा अभिव्यक्तिका कारण चर्चामा आएका स्वतन्त्र उम्मेदवार थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा २४ सय मत पाएका छन् । तर, उनले जमानत जोगाउन भने सकेनन् । यो क्षेत्रमा जमानत सुरक्षित गर्न ४६ सय मत ल्याउनुपर्थ्यो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । याे क्षेत्रमा कुल ७० हजार ९ सय १९ मतदाता रहे पनि ४५ हजार ९ सय ९७ मत मात्रै खसेकाे थियाे ।

काठमाडाैं ५ बाट कांग्रेसका प्रदीप पाैडेल निर्वाचित भएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेलले १५ हजार २ सय ३७ मत पाए । अघिल्लो चुनावमा यसै क्षेत्रबाट निर्वाचित पोखरेल यसपालि १० हजार १ सय ७५ मत ल्याएर दाेस्राे बने ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP