Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

हेमराज थापाको जमानत जफत हुने

Advertisement

दिपायल – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हेमराज थापाको जमानत (धरौटी) जफत हुने भएको छ ।

Advertisement

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जफत भएको हो ।

कडा अभिव्यक्तिका कारण चर्चामा आएका स्वतन्त्र उम्मेदवार थापाले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा चुनावमा २४ सय मत पाएका छन् । तर, उनले जमानत जोगाउन भने सकेनन् । यो क्षेत्रमा जमानत सुरक्षित गर्न ४६ सय मत ल्याउनुपर्थ्यो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । याे क्षेत्रमा कुल ७० हजार ९ सय १९ मतदाता रहे पनि ४५ हजार ९ सय ९७ मत मात्रै खसेकाे थियाे ।

काठमाडाैं ५ बाट कांग्रेसका प्रदीप पाैडेल निर्वाचित भएका छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेलले १५ हजार २ सय ३७ मत पाए । अघिल्लो चुनावमा यसै क्षेत्रबाट निर्वाचित पोखरेल यसपालि १० हजार १ सय ७५ मत ल्याएर दाेस्राे बने ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!