२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

महानगर प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न निर्देशन

काठमाडौं- काठमाडौं महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको थियो । 

Advertisement

सो क्रममा १८ नगर प्रहरी घाइते भएका थिए । जसमा तीन जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आक्रामणकारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले घरेलु हतियारकोसमेत प्रयोग गरेका थिए ।

उक्त आक्रमणविरुद्ध काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो । साथै उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाईसमेत जानकारी गराएको थियो ।

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिप्रकाले प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP