२०८२ असार २
June 16, 2025, Monday

महानगर प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न निर्देशन

काठमाडौं- काठमाडौं महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको थियो । 

Advertisement

सो क्रममा १८ नगर प्रहरी घाइते भएका थिए । जसमा तीन जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आक्रामणकारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले घरेलु हतियारकोसमेत प्रयोग गरेका थिए ।

Advertisement

उक्त आक्रमणविरुद्ध काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो । साथै उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाईसमेत जानकारी गराएको थियो ।

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिप्रकाले प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ मंसिर १४, बुधबार १७:३२

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ मंसिर १४, बुधबार १७:३२

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ मंसिर १४, बुधबार १७:३२

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP