Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

संसदीय दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौं- सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो ।

Advertisement

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरूको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो । सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रङ्गरोगन, फूल बिरुवा रोपणजस्ता काम अहिले गरिरहेको छ ।

Advertisement

सचिवालयले त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको सङ्ख्याका आधारमा कोठा उपलब्ध गराउनेछ । दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका पदाधिकारी अर्थात् संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता डा पाण्डेले जानकारी दिनुभयो ।

नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ सकिएलगत्तै संसद्को प्रतीक चिह्न (लोगो) संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक काजगात उपलब्ध गराउने प्रचलन छ । नयाँ प्रवेशलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ ।

संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा सङ्घीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ । त्यसपछिका बैठकमा मात्र अरू बिजनेस अघि बढ्नेछ ।

सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन बानेश्वरमा हुँदै आएको पुरानै भवनमा हुनेछ । त्यसअघि हुने नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ । रासस

Related News

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा
  • २०८३ आश्विन ८, बिहीबार १३:५२

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ...

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

TOP