२०८२ बैशाख २८
May 11, 2025, Sunday

देउवालाई ओलीको सन्देश- कांग्रेस र एमाले मिलेर सरकारमा जाउँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि सन्देश पठाएका छन् ।

Advertisement

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको हो । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

Advertisement

सिंहको सचिवालका अनुसार ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो । सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।

त्यस्तै सिंह पहिला प्रधानमन्त्री देउवालाई भेटेर ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाई साटासाटसँगै आगामी सत्ता सहकार्यबारे कुराकानी भएको थियो ।

Related News

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान
  • २०७९ मंसिर १८, आईतवार १४:०५

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...

निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर बिरामीहरुको घुइँचो
  • २०७९ मंसिर १८, आईतवार १४:०५

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...

झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)
  • २०७९ मंसिर १८, आईतवार १४:०५

 म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...

TOP