२०८३ असार २६
July 10, 2026, Friday

शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर

दिपायल- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई दावेदारी पेश गर्न आगामी आइतबारसम्मको समय दिएपछि दावेदारीका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ बस्न लागेको हो । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो ।

बैककको समय भने तोकिएको छैन । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।

यद्यपि माओवादी केन्द्रले आजको बैठकमा सहमति नमिले एमालेसँग मिलेर वामपन्थी सरकार बनाउन पहल गर्ने घुर्की दिएसँगै आजको बैठक निर्णयको नजिक पुग्ने दाबी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफू नै पहिलो प्रधानमन्त्री बन्नमा छन् । जसले गर्दा समस्या उत्पन्न भएको छ । देउवा भने आफूले प्रधानमन्त्री हुने बाटोमा छन् ।

यदि आफू पहिलो कार्यकाल प्रधानमन्त्री हुन नपाए एमालेसँग सहकार्य गरेर भए पनि पद हत्याउने मनस्थितिमा प्रचण्ड छन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP