दिपायल- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई दावेदारी पेश गर्न आगामी आइतबारसम्मको समय दिएपछि दावेदारीका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ बस्न लागेको हो । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो ।
बैककको समय भने तोकिएको छैन । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।
यद्यपि माओवादी केन्द्रले आजको बैठकमा सहमति नमिले एमालेसँग मिलेर वामपन्थी सरकार बनाउन पहल गर्ने घुर्की दिएसँगै आजको बैठक निर्णयको नजिक पुग्ने दाबी गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफू नै पहिलो प्रधानमन्त्री बन्नमा छन् । जसले गर्दा समस्या उत्पन्न भएको छ । देउवा भने आफूले प्रधानमन्त्री हुने बाटोमा छन् ।
यदि आफू पहिलो कार्यकाल प्रधानमन्त्री हुन नपाए एमालेसँग सहकार्य गरेर भए पनि पद हत्याउने मनस्थितिमा प्रचण्ड छन् ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...