२०८३ श्रावण ११
July 27, 2026, Monday

प्रधानमन्त्री बन्न कांग्रेस र एमाले दुवैतिर प्रचण्डको नजर

काठमाडौं- नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेतिर नजिक हुन थालेका छन् ।

Advertisement

सत्ता बाँडफाँट र पदीय हिसाब मिलाउने गरी कांग्रेस र एमाले दुवैतिर नजर लगाइरहेका प्रचण्ड र उनी निकट रहेका नेताहरु एमालेतिर नजिक हुन थालेका हुन् । विगत एक वर्ष अघिदेखि सत्ता गठबन्धनमा रहेका कांग्रेस माओवादीले निर्वाचन पनि गठबन्धनकै क्रममा सिट बाँडफाँट गरेर सहकार्य गरेका थिए ।

तर आधा कार्यकालमा शुरुको अवधिमा आफूले सरकारको नेतृत्व गर्न पाउनु पर्ने माग राखेर निहुँ खोजेका प्रचण्डले आफ्ना दूतमार्फत एमालेसँग कुरा मात्रै अघि बढाएका छैनन् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको प्रधानमन्त्रीको प्रस्तावलाईसमेत मौन रुपमा स्वीकार गरेका छन् ।

सोमबार राति नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रचण्डनिवास पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । ‘उहाँहरुबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको थियो’, स्रोतले भन्यो ।

सोमबार राति खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेपछि प्रचण्ड अल्मलिएका थिए । उनले आजसम्म कुर्न आग्रह गरेको स्रोतको दाबी छ । भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको स्रोतको दाबी छ ।

उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिँदै प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–माओवादीको सरकार बनाउनुपर्ने त्यसमा प्रचण्डलाई शुरुको कार्यकालको प्रधानमन्त्री बनाउन एमाले तयार रहेको बताएका थिए ।

‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार हुनुपर्छ, एमाले तपाईंलाई प्रधानमन्त्री मान्न तयार छ । तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ सुवास नेम्वाङले यस्तो प्रस्ताव गर्दा प्रचण्डले आजसम्मको समय मागेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते आइतबारभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो । यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

ओली–गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छायाँ र तीनका सम्भावित परिणामका बारेमासमेत खुलेर छलफल भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले मंगलबार आफ्ना सांसदहरुलाई सम्बोधन गर्दा पनि कोही कसैलाई गाली नगरी सम्बोधन गरेबाट पनि राजनीतिक कोर्ष बदलिन सक्ने बताइएको छ ।

मंगलबार ओलीले सरकार गठनको विषयमा आफूहरु अनुचित लाभहानिमा सहभागी नहुने भन्दै स्केप भएका थिए । जसले गर्दा एमाले र माओवादीबीचको सहकार्य हुनसक्ने संभावना रहेको बताइएको छ ।

यो सहकार्यमा नेकपा एसलाई के दिने भन्ने बारेमा पनि हल्का ढंगले छलफल भएको र पहिला एमाले र माओवादीको सहकार्य भएपछि मात्रै एसको बारेमा सोच्न सकिने गरी छलफल अघि बढाउने बताइएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विरामी भई शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबारदेखि उपचाररत हुँदा सहकार्यको छलफल अगाडि बढ्न नसकेको जनाइएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP