२०८० मंसिर १५
December 1, 2023, Friday

माधव नेपाल प्रचण्डको सरकारमा सहभागी नहुने

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा पठाएपछि नेकपा एसले प्रचण्डसँगको सहकार्य विच्छेद गरेको हो ।

Advertisement

दिउँसोमात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डले आफूसँग सल्लाह नै नगरी नेकपा एमालेसँग सहकार्यका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएको आरोप लगाएका थिए ।

प्रचण्डकै कारण पनि माधव नेपाल एमालेबाट टाढिएका थिए । अहिले भने प्रचण्डले नेपालसँग सहकार्य नै नगरी ओली निवासमा गएर नयाँ सरकारको सहकार्य गरेका हुन् ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ पुष १०, आईतवार १८:०७

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ पुष १०, आईतवार १८:०७

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ पुष १०, आईतवार १८:०७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP