
काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा पठाएपछि नेकपा एसले प्रचण्डसँगको सहकार्य विच्छेद गरेको हो ।
दिउँसोमात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डले आफूसँग सल्लाह नै नगरी नेकपा एमालेसँग सहकार्यका लागि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएको आरोप लगाएका थिए ।
प्रचण्डकै कारण पनि माधव नेपाल एमालेबाट टाढिएका थिए । अहिले भने प्रचण्डले नेपालसँग सहकार्य नै नगरी ओली निवासमा गएर नयाँ सरकारको सहकार्य गरेका हुन् ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



