दिपायल – दिपायल सिलगढी नगपालिकाका नगर प्रमुख विजय खड्काले क्रिसमस डेको शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार आयोजित कार्यक्रममा सरिक हुँदै शुभकामना दिएका हुन्।
आशिष चर्च दिपायल र राजपुरमा रहेको चर्चमा आयोजित क्रिसमस डे विशेष कार्यक्रममा सहभागिता जनाउदै नगर प्रमुख खड्काले सम्पूर्ण ख्रिष्टियन धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै उनले सबै धर्मको आआफ्नै महत्व रहेको बताउँदै सबै धर्मावलम्बीहरुबीच आत्मीय र सामाजिक सम्बन्ध कायम रहनु पर्ने बताए । “सबै धर्मले मानवता जागृत गर्छ, पाप नगर, धर्म र कर्म गर भनेको हुन्छ,” उनले भने,” राम्रो कुराहरू जुन धर्म शास्त्रबाट सिके पनि कुनै फरक पर्दैन ।” चर्चलाई पनि पवित्र मन्दिर जस्तै महत्वका साथ हेरेर प्राथमिकता दिने र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
कार्यक्रममा आशिष चर्चले वृद्धालाई न्यानो कपडा र जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...