Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

नगर प्रमुख खड्काद्वारा क्रिसमस डेको शुभकामना


दिपायल – दिपायल सिलगढी नगपालिकाका नगर प्रमुख विजय खड्काले क्रिसमस डेको शुभकामना व्यक्त गरेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार आयोजित कार्यक्रममा सरिक हुँदै शुभकामना दिएका हुन्।

Advertisement

आशिष चर्च दिपायल र राजपुरमा रहेको चर्चमा आयोजित क्रिसमस डे विशेष कार्यक्रममा सहभागिता जनाउदै नगर प्रमुख खड्काले सम्पूर्ण ख्रिष्टियन धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका हुन ।

Advertisement

कार्यक्रममा बोल्दै उनले सबै धर्मको आआफ्नै महत्व रहेको बताउँदै सबै धर्मावलम्बीहरुबीच आत्मीय र सामाजिक सम्बन्ध कायम रहनु पर्ने बताए । “सबै धर्मले मानवता जागृत गर्छ, पाप नगर, धर्म र कर्म गर भनेको हुन्छ,” उनले भने,” राम्रो कुराहरू जुन धर्म शास्त्रबाट सिके पनि कुनै फरक पर्दैन ।” चर्चलाई पनि पवित्र मन्दिर जस्तै महत्वका साथ हेरेर प्राथमिकता दिने र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा आशिष चर्चले वृद्धालाई न्यानो कपडा र जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP