
दिपायल- नेपाल बिद्यार्थी संघ डाेटीकाे अध्यक्षमा दिपेन्द्र बहादुर सिंह नियुक्त भएका छन् । लामाे समयदेखि रिक्त रहेकाे अध्यक्ष पद सिंह आएसंगै पूर्ति भएकाे छ ।
जिल्लामा लामाे समयसम्म पदाधिकारी नहुँदा नेबिसंगका गतिविधि समेत ठप्प रहेका थिए । आगामी दिनमा जिल्लामा नेबिसंगले आफ्ना गतिविधि बढाउने अध्यक्ष सिंहले बताए ।
तीन महिनाभित्रै जिल्ला अधिवेशन गराउनु पर्ने भन्दै नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सिंहलाई अध्यक्षमा नियुक्त गरेका हुन् । लामाे समयदेखि बिद्यार्थी राजनीति गर्दै आएका सिंहले कैलाली बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनीति सुरू गरेका थिए ।
सिंह नेपाली कांग्रेसकाे प्रदेश प्रतिनिधि समेत हुन् ।
म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...