२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

म्याग्दीमा रोगले रित्तिन थाले बङ्गुर फार्म

अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि म्याग्दीका फार्महरू रित्तिन थालेका छन् । एक सातायता बङ्गुर फार्महरूमा स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । 

Advertisement

सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रूपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । 

पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बङ्गुरमा पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । नौलीबगरमा ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशुसेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ । 

बेनी नगरपालिका–७, मङ्गलाघाटमा साढे दुई सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरको पशु शाखाले जनाएको छ । “फिभर देखिएकाले अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित छौँ,” पशु प्राविधिक प्रदीप गौतमले भन्नुभयो, “यहाँबाट अन्यत्र पनि सङ्क्रमण फैलिएको आशङ्कामा केही ठाउँमा परीक्षण गरिएको छ ।” 

बेनीका रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाका २६ र पूर्वराज घर्तीको सातवटा बङ्गुर मरेको विवरण सङ्कलन भएको गौतमले बताउनुभयो । समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने भन्दै बङ्गुरपालक किसान चिन्तित भएका छन् ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP