२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । बेनीमा नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा संचालित प्रतियोगिताको आईतवार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै समन्वय प्रमुख थापाले विद्यार्थीहरुलाई रुचि र क्षमता अनुसारको खेलमा सहभागी गराई उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । थापाले विद्यालय स्तरबाटै खेलकुद र खेलाडीहरुको विकासमा आवश्यक कार्यक्रमहरु संचालन गर्नु नगरपालिका तथा अन्य स्थानीय तहहरुको दायित्व रहने पनि बताउनुभयो ।

Advertisement

आगामी माघ १५ गतेभित्र जिल्लाका सवै पालिकाहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरि सक्ने र त्यसपछि जिल्ला स्तरको प्रतियोगिता संचालन गरि प्रदेश स्तरको प्रतियोगितामा सहभागी हुन खेलाडी छनौट गरिने पनि प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कार्यपालिका सदस्य तथा प्रतियोगिता व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक कृष्ण कुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायते प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गरि राष्ट्रिय स्तर सम्म पु¥याउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा अनुसाशन पूर्वक खेल कौशल प्रस्तुत गर्न खेलाडी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले खेलाडीहरुको प्रोत्साहन र खेल क्षेत्रको विकासका लागि नगरपालिकाले सधै सहयोग गर्ने बताउँदै बेनीको खुल्ला मञ्चमा मिनी रंगशाला निर्माण कार्यले तिव्रता पाएको उल्लेख गर्नुभयो । खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नगरक्षेत्र भित्रका विभिन्न ठाउँहरुमा स्तरीय खेलकुद मैदान निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने प्रमुख केसीको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले प्रमुख अफिसियल सिद्धान्त अधिकारी र खेलाडीको तर्फबाट न्यू वेष्ट पोइन्टका रोहित पर्टेललाई अनुशासितपूर्वक खेल खेलाउन र खेल्नका लागि शपथ ग्रहण गराउनुभएको थियो ।

उद्घाटन सत्रमा प्रकाश मावि, बेनी सामुदायिक र बालमन्दिर आधारभूतका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा बेनी नगरपालिकाका २५ वटा विद्यालयहरु सहभागि भएका छन । उद्घाटन पूर्व विद्यार्थी, अतिथि तथा आयोजकहरु सहितको टोलीले बाजागाजा सहित बेनी बजार परिक्रमा गरेका थिए । भने सहभागि विद्यार्थीहरुले खुल्ला मञ्चमा मार्चपास समेत गरेका थिए । आईतवार पुरुष भलिबलको दुई खेल सम्पन्न भएका छन ।

बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको प्राङ्गणमा सुरु भएको पहिलो खेलमा न्यू वेष्ट पोइन्टले जयन्ती मावि भकिम्लीलाई सोझो सेटमा जितेको छ । त्यस्तै पौलस्त्य मावि भिरमुनी र धवलागिरी मावि सिङ्गा विच भएको दोस्रो खेलमा सोझो सेटमा पौलस्त्य विजयी भएको छ ।
आईतवार नै १५ सय मिटर छात्र छात्रा दौड प्रतियोगितामा सम्पन्न भएका छन । छात्रातर्फ बेनी सामुदायिककी कमल बानियाँ प्रथम, गलेश्वर माविकी रिता विश्वकर्मा द्वितिय र माउन्ट एभरेष्ट आवासीय माविकी केविना पाईजा तृतिय भएका छन । प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP