२०८३ भाद्र २
August 18, 2026, Tuesday

पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने

पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएका थिए ।

Advertisement

साधारणसभाको उद्घाटन गदैं पूर्व अध्यक्ष टंक हमालले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको अवस्थामा संस्थामा सेवाहरुलाई थप ग्राहकको चाहना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभयो ।
सोही अवसरमा बिशिष्ट अतिथि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिबा पुनले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा सहज भएको अवस्थामा अहिलेको चुनौतीको पहिचान आवश्यक रहेको बताउनुभयो ।

साधारणसभामा उपाध्यक्ष धुब्रराज कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष एकेन्द्र रावलले आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । साधारणसभाको अवसरमा सेयर सदस्य एवम् अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष पु सहित जनप्रतिनिधि र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी लक्ष्मी घिमिरे कार्कीलाई नगद ५ हजार र दोसल्ला सहित सम्मान गरिएको थियो । साधारणसभामा कुल १ करोड १९ लाख २८ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाले ग्रामिण क्षेत्रमा विद्युतीय लाइन विस्तार गरिएका क्षेत्रमा केवललाई प्राथमिकत,इन्टरनेट सेवा सञ्चालन, कार्यालय ब्यवस्थापन सहित उपकरण खरिद गर्नु परेकाले यस आवमा ९७ हजार ४८२ घाटा भएको संस्थाका प्रबन्धक नवराज पौडेलले बताए । संस्थाका अध्यक्ष लक्ष्मण शर्माले सेयर सदस्यले अनिवार्य संस्थाको सेवासुविधा प्रयोग गर्ने गरी थप नयाँ योजना आउने बताए । उनले संस्थाको गुणस्तरीयताका बारेमा सेयर सदस्यले सेवा लिएमा मात्रै जानकार हुने बताउनुभयो । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी रहेको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP