२०८३ श्रावण १०
July 26, 2026, Sunday

महोत्सवका लागि बेनीबजारको सडक पखालियो

म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो ।

Advertisement

म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुस २८ देखि माघ ७ गतेसम्म हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को पूर्वसन्ध्यामा बजार सरसफाइस्वरुप बजार क्षेत्रको धुलो पखालिएको नगरप्रमुख केसीको भनाइ छ । 

सुन्दर नगरी बेनी बजारको सुन्दरतालाई अझै मजबुत बनाउन बजार क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको जमघट म्याग्दीमा हुने र बेनी नगरपालिका क्षेत्रमै बढी बसाइ हुने हुँदा पनि बजारको सुन्दरतालाई ध्यान दिइनु आफूहरूको दायित्व रहेको उहाँले जानकारी दिनुभयो ।

वि.सं. २०६० मा पहिलो पटक भएको महोत्सव त्यसपछि २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा भएको र अहिले सातौँ पटक आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ भन्ने नारासाथ आयोजना गर्न लागिएको महोत्सवको तयारीस्वरुप बेनी नगरपालिकाले दमकल उपलब्ध गराएर बजार पखाल्ने काम भएको उहाँको भनाइ छ । 

नगरपालिकाको सहयोगमा नगरप्रमुख केसीले नै बजार सरसफाइमा खटेर पर्यटन प्रवर्द्धन गर्ने तथा पाहुनाको सत्कारमा नगरपालिका कति जिम्मेवार तबरले लागेको छ भन्ने उदाहरण नगरप्रमुखले पेस गर्नुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो  ।

पुस २७ देखि हुने म्याग्दी महोत्सवमा एक लाख ११ हजार एक सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुँदैछ । त्यस्तै गण्डकी प्रदेश भित्रका स्थानीय तह स्तरको पुरुष भलिबल एवम् खुल्ला महिला भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, महिला पुरुष छेलो, महिला पुरुष लाठो तान्ने प्रतियोगिता एवम् मौलिक रत्यौली प्रतियोगिताको पनि आयोजना गरिएको म्याग्दी महोत्सवका मूल संयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP