बिहिबार देखि सुरु हुने म्याग्दी महोत्सवका लागि जिल्लाको दरमुकाम बेनी बजार क्षेत्रलाई चिटिक्क पारिएको छ । सातौ म्याग्दी महोत्सवको तयारी पुरा भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ सञ्चालन हुन लागेको हो ।
बेनी बजारका टोल टोलमा पाहुनाको स्वागतका लागि तुल ब्यानर झुण्डाइ, ध्वजा, पटकाले सजाएर झकीझकाउ पारिएको छ । टोल सुधार समितिहरुले बजार सजावट गरेका हुन् । सजावट, प्रवेशद्धार निर्माणका साथै बजारका सार्वजनिक स्थलहरु सरसफाई गरेका छन् । महोत्सव स्थल खुल्ला मञ्चमा स्टल लगायतका संरचना निर्माण भएको छ ।
महोत्सवका मुल संयोजक समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तयारी पुरा भएको जानकारी दिनुभयो । राष्ट्रीय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्ने महोत्सवको उद्घाटन अघि बेनी बजारमा झाँकी सहितको ¥याली निकालिने अध्यक्ष कटुवालले बताउनुभयो ।
महोत्सवको अवसर पारेर बेनीमा २० वर्षपछि हनुमान नाच देखाउने तयारी भएको नेपाल भाषा मंका खलले जनाएको छ । २६० वटा स्टल तयार पारिएको छ । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुटको सुविधा दिइएको छ ।
महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रुपमा रहेका छन् । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष लीलाराम गौतमले बताउनुभयो ।
हेलिकप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । कालीगण्डकीमा ¥याफ्टिङ र बेनी देखि लभ्लिहिलसम्म घोडा सफारी पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब रु. दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा परम्परागत रुपमा मेला लाग्ने चलन थियो । किनमेल र मनोरञ्जनका लागि परम्परागत शैलीमा हुदै आएको मेलालाई व्यवस्थित गर्दै पछिल्लो दुई दशक यता महोत्सवमा रुपान्तरण गरिएको हो ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...