२०८३ असार २६
July 10, 2026, Friday

घारखोलाको ९२ प्रतिशत काम सकियो, चैतभित्र प्रसारण प्रणालीमा थपिने

 म्याग्दीको घारखोलामा निर्माणाधीन १४ मेगावाटाको घारखोला जलविद्युत आयोजनाको काम ९२ प्रतिशत पुरा भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले २०७५ सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम सकिन लागेकाे हाे ।

निर्माणाधीन आयोजनाको सिभिल संचनाको काम ९७ प्रतिशत सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रकाे काम सम्पन्न भएकाे छ । सुरुङकाे पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेकाे छ ।

यस्तै, विद्युतगृहमा उपकरण जडानकाे काम भइरहेकाे छ । आगामी चैतभित्र सबै काम पूरा गरी उत्पादन सुरु गर्ने याेजना रहेकाे देवकाेटाले बताए । उत्पादन हुने विद्युत ८ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको दाना

सबस्टेनमा जोडिनेछ । सबस्टेसनसम्मकाे आवश्यक लाइनकाे काम माघभित्र पूरा हुने कम्पनीले जनाएकाे छ । दाना सबस्टेसको काम पनि फागुनभित्रमा सम्पन्न हुनेछ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएका आयोजनाबाट पुसभित्र नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरणा आयातमा प्रभाव लगायत विविध कारणले तालिका सरेकाे  देवकोटाले बताए । पछिल्लाे तालिका अनुसार आयोजनबाट २०७९ चैतभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइएमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।घारखोलाको ९२ प्रतिशत काम सकियो, चैतभित्र १४ मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिने

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP