Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

घारखोलाको ९२ प्रतिशत काम सकियो, चैतभित्र प्रसारण प्रणालीमा थपिने

 म्याग्दीको घारखोलामा निर्माणाधीन १४ मेगावाटाको घारखोला जलविद्युत आयोजनाको काम ९२ प्रतिशत पुरा भएको छ । म्याग्दी हाइड्रो पावर कम्पनीले २०७५ सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम सकिन लागेकाे हाे ।

Advertisement

निर्माणाधीन आयोजनाको सिभिल संचनाको काम ९७ प्रतिशत सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रकाे काम सम्पन्न भएकाे छ । सुरुङकाे पाइप बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेकाे छ ।

Advertisement

यस्तै, विद्युतगृहमा उपकरण जडानकाे काम भइरहेकाे छ । आगामी चैतभित्र सबै काम पूरा गरी उत्पादन सुरु गर्ने याेजना रहेकाे देवकाेटाले बताए । उत्पादन हुने विद्युत ८ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरणको दाना

सबस्टेनमा जोडिनेछ । सबस्टेसनसम्मकाे आवश्यक लाइनकाे काम माघभित्र पूरा हुने कम्पनीले जनाएकाे छ । दाना सबस्टेसको काम पनि फागुनभित्रमा सम्पन्न हुनेछ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएका आयोजनाबाट पुसभित्र नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरणा आयातमा प्रभाव लगायत विविध कारणले तालिका सरेकाे  देवकोटाले बताए । पछिल्लाे तालिका अनुसार आयोजनबाट २०७९ चैतभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइएमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।घारखोलाको ९२ प्रतिशत काम सकियो, चैतभित्र १४ मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिने

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP