२०८३ श्रावण ९
July 25, 2026, Saturday

घतान महिला सञ्जालको भवनमा तोडफोड

म्याग्दीको बेनी नगरपालिका–९ घतानमा रहेको घतान महिला सञ्जाल सभाहलमा तोडफोड भएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०७९÷८० को चार लाख बजेटमा निर्माधिन अवस्थामा रहेको भवनको ३ गते लगाईएको (वाल) पर्खाल अज्ञात समुहले भत्काएको वडा अध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि प्रयोग भएका निर्माण समाग्रीमा समेत क्षती पुगेको छ ।

निर्माणधिन भवनमा इक्षा महिला विकास बचत तथा ऋण सहकारीको समान समेत लथालिङ्ग पारिएको सहकारीले जनाएको छ । स्टोरमा राखिएका बिल, नगदी रहित, किताब लगायतका सामाग्रीमा क्षेती पुगेको छ ।

वडा भित्र नकारात्मक गतिविधिहरुमा बिषयमा वडा कार्यालयमा छलफल भएतापनी मेलमिलाप हुन नसकेपछि संका लागेको व्यक्तीलाई किटानी जाहेरी दिएको एक स्थानीयले बतानुभयो । वडामा हुने यस्ता गतिविधिहरुको बिषयमा वडा कार्यालयले सुस्म तरिकाले निगरानी राखेको वडा अध्यक्ष केसीले बताउनुभयो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP