Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

महिला भलिबल : धवलागिरी र अन्नपूर्ण फाइनलमामहिला भलिबल

म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।

Advertisement

अन्नपूर्ण गाउँपालिका र धवलागिरी गाउँपालिका ७औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् । 

Advertisement

गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा भएको भलिबल प्रतियोगिताको बिहीबार भएको पहिलो सेमीफाइनलमा मालिका गाउँपालिकालार्ई २५–१३, २०–२५, २५–१७, २५–१३ को सेटमा पराजित गर्दै धवलागिरी गाउँपालिका फाइनल प्रवेश गरेको हो । 

जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले दिएको जानकारी अनुसार दोस्रो सेमीफाइनल खेलमा मंगला गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले फाइनलको यात्रा तय गरेको छ । अन्नपूर्णले ३०–२८, २६–२४, २५–१५ को सेटमा मंगला गाउँपालिकालाई पराजित गरेको थियो । 

त्यस्तै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिका यसअघि नै प्रवेश गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला भलिबल संघ म्याग्दीको संयोजनमा भएको खुल्ला महिला स्थानीय तहस्तरीय पुरुष भलिबलको फाइनल खेल माघ ६ गते बिहान ९ बजेबाट बेनीबजारको खुल्ला मञ्चमा हुनेछ । 

पुरुष भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ८८ हजार आठसय ८८ र दोस्रो हुने टिमले ५५ हजार पाँचसय ५५ रुपियाँ पुरस्कार पाउने छन् । त्यस्तै सेमीफाइनलबाट बाहिरिएका धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले जनही १५/१५ हजार रुपियाँ पुरस्कार पाउने छन् । 

महिला भलिबल प्रतियोगितातर्फ पहिलो हुनेले ५५ हजार पाँच सय ५५ रुपियाँ तथा दोस्रो हुनेले ३३ हजार तीनसय ३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, व्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको म्याग्दी महोत्सवका खेलकुद संयोजक हिमाल श्रेष्ठले बताउनुभयो । 

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP