२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ च्याम्पीयन  

बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।  

Advertisement

कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।  

सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का विरुद्ध ४९ स्कोरले पराजित गर्दै पिप्ले फाइनल पुगेको थियो । पात्लेखेतले रघुगंगा–४ दर्मीजालाई ५२ का विरुद्ध ५५ स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम र दृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५१ हजार र ३१ हजार पुरस्कार प्राप्त गरेका छन् । ८ टिम सहभागी प्रतियोगिता विहिबारदेखि सञ्चालन भएको थियो ।

सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP