२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

 रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो ।

Advertisement


त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदक सहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानी तेस्रो हुन सफल भएका छन् । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुन सफल विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।


लगातार तीन पटक नै बिजेता बन्न सफल रघुगंगा माविले रनिङ शिल्ड पच गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


पुरस्कार वितरण गर्दै प्रदेश सभा सदस्य गौचनले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गरेको बताउँदै विद्यार्थीहरुले अध्ययन संगै खेलकुदमा समेत अघि बढ्न सकेमा भविश्य उज्वल रहेकोमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ढकाल र वडा नम्बर ३ का अध्यक्ष शाहीले प्रतियोगिताबाट पहिचान भएका उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा समेत सहभागीता गराउने बताउँदै खेल क्षेत्रमा समेत विद्यार्थीहरुले आफ्नो पहिचान बनाउन सक्नेमा जोड दिनुभयो ।  

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP