२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

दोवा । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

Advertisement

अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Advertisement


प्रतियोगितामा बिजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले बताउनुभयो । दोस्रोले रु. ३० हजार र तेस्रोले नगद रु. २० हजारको साथमा ट्रफी र मेडल पाउनेछन् ।

प्रत्येक बिधामा बिजयी हुने विद्यालयले नगद रु. पाँच हजार र ट्रफी पाउने बताइएको छ । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ । उद्घाटन समारोहमा भएको मार्च पासमा पाउद्धार मावि विजयी भएको छ ।

१५०० मिटरको दौड छात्रतर्फमा शिख मावि स्वर्ण, मुतिm मार्ग माविले रजत र ज्ञानप्रकाश माविले कास्य पदक जितेको छ । छात्रातर्फको १५०० मिटर दौडमा शिख माविले स्वर्ण, प्रभा माविले रजत र टिकोट माविले कास्य पदक जितेका छन् ।

आठ विद्यालय सहभागी छात्र भलिबलको पहिलो चरणको प्रतिस्पर्धामा शिख माविले हिमाञ्चल माविलाई पराजित गरेको छ । भलिबलको छात्रातर्फ ९ टिम सहभागी छन् । कवड्डीको छात्रातर्फ सर्वोदय माविले ज्ञानप्रकाश माविलाई पराजित गरेको छ ।

प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्र्नुभएको थियो । समारोहमा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा लगायतको उपस्थिति थियो । उद्घाटन कार्यक्रममा शिखका कलाकारहरुले मौलिक गितमा नृत्य प्रस्तुत गरेका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP