Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

शोभायात्रा सहित कालीगण्डकीको शिला अयोध्या पठाइयो

म्याग्दी स्थित कालीगण्डकी नदीको किनारको शिला भारतको अयोध्यामा निर्माणाधीन हिन्दु धर्मावलम्बीहरुको भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि पठाइएको छ ।

Advertisement

शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गर्न लागिएको हो । बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला बिहिबार बिहान श्रीपञ्चमी पर्वको शुभसाइतमा पठाइएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।
‘गण्डकी प्रदेश सरकारले बेनी देखि मधेश प्रदेशको जनकपुरधाम पु¥याउने शिला त्यहाँ देखि नेपाल सरकारले भारत सरकारलाई हस्तान्तरण गरेपछि अयोध्या पु¥याइन्छ,’ उनले भने ‘यसबाट अयोध्यासँग म्याग्दीको धार्मिक सम्बन्ध कायम हुने, कालीगण्डकी नदीको महत्व बढ्ने र धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’

Advertisement

शिलाको गलेश्वर मन्दिर परिसरमा गण्डकी प्रदेशसभा सदस्य हरीबहादुर भण्डारी, बिमला गौचन, नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछाने, प्रजिअ तुलसीराम पौडेल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले पुजाआजा गरेका थिए । गलेश्वर देखि बेनीसम्म विभिन्न जातजाती र समुदायको झाँकी, भजनकिर्तन र बाजा सहित शिलाको शोभायात्रा गरेर प्रदेश राजधानी पोखरा पठाइएको हो ।

माघ १ गते गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि श्रीपञ्चमीको शुभसाइतमा पठाइएको हो । जनकपुरमा सिताको मुर्ति बनाउन अर्को थप एक वटा शिला पनि लगिएको पिठाधीश दासले बताए ।
हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताए ।

‘यो शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ । शालिग्राम पाइने कालीगण्डकीको किनारका शिला देवताका अवतार हुन’ उनले भने ‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ ।’

प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेनले बुधबार कालीगण्डकी किनारबाट निकालेको शिलालाई गलेश्वर मन्दिर परिसरमा लगेर राखिएको थियो । यो शिला नेपाल सरकारले भारतलाई उपहार स्वरुप दिन लागेको हो ।
विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् । कालीगण्डकीलाई हिन्दु धर्मावम्बीहरुले कृष्णगण्डकीको रुपमा चिन्ने गर्छन् ।

भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि पश्चिमाञ्चल इञ्जिनियरीङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपान सहितको विज्ञहरुको टोलीले दश दिनसम्म बेनी स्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान देखि तीन किलोमिटर माथि गलेश्वर मन्दिर सम्मको कालीगण्डकी किनारमा दश दिनसम्म शिलाको अध्ययन र पहिचान गरि सिफारिस गरेको थियो । कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP