म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरिएको छ । आइतबार भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सोही अवसरमा भलिबल संघका अध्यक्ष बानियाँले विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने बताउनुभउो । आगामी बर्ष पुष ५ गते जिल्लास्तरीय प्रतियोगिता हुने छ । हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने सम्झौतापत्रमा उल्लेख छ । प्रतियोगिताको पुरस्कार सहितका ब्यवस्थापनमा सह प्रायोजक समेत थप्न सकिने छ । प्रतियोगितामा प्रथम पुरस्कार ५०हजारभन्दा माथि हुने बताइएको छ ।
सोही अवसरमा आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताउनुभयो । ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौ,‘आवश्यकता अनुसार थप सहयोग गर्नेछौ’ केसीले भन्नुभयो ।खेल क्षेत्रमा गरिएको यो लगानीले म्याग्दीको भलिबल क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने बताउनुभयो ।
म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादन हुने बताए । जिल्लामा म्याग्दी जेसीजले अन्तरमाविस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने गरेकोमा अव भलिबल संघले समेत माविस्तरीय प्रतियोगिता सुरु गरेपछि फुटबलजस्तै भलिबलमा समेत प्रतिभाको पहिचानमा सहज हुने खेलकुदका जानकारहरु बताउँछन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री लगायतको उपस्थिती रहेको थियो ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...