म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो ।
७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधी सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
गण्डकी प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका बिरामी १ दशमलव ९ बाट घटेर हाल ०.२९ रहेको लम्सालको भनाई छ । पुराना बिरामीलाई नियमित औषधी सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीका अनुसार औषधी सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन् । म्याग्दीका केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेकाले समेत जिल्लाभित्र दर्ता भएका बाहेकको तथ्याङ्क प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो । रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या हुने गरेको बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछाने बताउनुभयो ।
उहाँले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ । समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कतिपय रोगीले सामाजिक बहिस्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । माईकोव्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...