२०८३ श्रावण ९
July 25, 2026, Saturday

अन्नपूर्णको सोह्रौ‌‍‍‍‍‌ गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव

Advertisement

पोखरेबगर, १७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ ।

सभामा चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको सभामा आर्थिक वर्ष २०७७÷७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन छलफलका लागि प्रस्तुत र लेखा समिति गठनको प्रक्रीया शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले गाउँसभा सदस्यहरुलाई प्रस्तुत बजेट, बिधेयक, योजना र प्रस्तावको अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराएर माघ २१ गते ११ बजेसम्मका लागि सभा स्थगित गरिएको जानकारी दिनुभयो ।

“सभामा प्रस्तुत विषय र मुद्दाका विषयमा सदस्यहरुले अध्ययन गरेर प्रष्ट होउन भनेर दुई दिनको समय उपलब्ध गराइएको हो,” उहाँले भन्नुभयो “कार्यपालिका र गाउँसभाका सदस्यहरुले बजेट, बिधेयक र निर्णयको अपनत्व लिने वातावरण बनाउने अभ्यास गरेका छौ ।”

गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएको सहित ४९ वटा योजनाका लागि रु. दुई करोड अल्या बजेट बिनियोजन गरेको प्रस्ताव गर्नुभयो । यसअघि रु. ५० लाख बिनियोजन भएको गाउँपालिकाको जग्गा तथा भवन निर्माण योजनाका लागि थप रु. ५० लाख प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको ११ वटा योजनाका लागि बिनियोजन भएको रु. ४९ लाख ६४ हजार बजेट सभामा अनुमोदनका लागि पेश भएको छ । १७ वटा योजना तथा कार्यक्रम संसोधनका लागि पेश भएका छन् ।

गत असारको गाउँसभाले पारित गरेका १०७ वटा मध्य २८ वटा सम्झौता र ६ वटा सम्पन्न भएका छन् । दशैमा १२ वटा सडक मर्मतका लागि बजेट बिनियोजन भएकोमा आठ वटाको फरफारक भएको छ । रु. ३ लाख भन्दा कम बजेटका योजनाहरु वडाबाट सम्झौता गरिएको छ ।

महभिर–हिस्तान–राम्चे–नागी ४२ किलोमिटर र घारखोला–नेपाने–पाउद्धार–घस्केखोरीया–स्वाँत–मुलपानी २० किलोमिटर सडक योजना ठेक्का प्रक्रियामा लगिएको, रु. दुई करोड पाँच लाख बजेट बिनियोजन भएको भुरुङ्ग–तातोपानी कुण्ड व्यवस्थापनको बहुवर्षीय ठेक्का आव्हानको तयारीमा रहेको, दोवाको मारकामा पालिका स्तरीय अस्पताल भवन निर्माण ९० प्रतिशत पुरा भएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा रु. एक करोड ४५ लाख आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा छ महिनाको अवधीमा रु. एक करोड २८ लाख ८५ हजार ४३१ संकलन भइसकेको छ । कुल रु. ४९ करोड ७३ लाख ३६ हजार बजेट बिनियोजन भएकोमा २७.६४ प्रतिशत अथवा रु. १३ करोड ७५ लाख १० हजार ४९१ खर्च भएको छ ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले आर्थिक वर्ष २०७७÷७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार रु. पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको र लेखा समिति नहुँदा बेरुजु सम्परिक्षण गर्न समस्या भएको जानकारी गराउनुभयो ।

लेखा समितिमा कार्यपालिका सदस्य समेत रहनुभएका वडा न. ८ का अध्यक्ष खमबहादुर गर्बुजा, वडा नम्बर ४ का सदस्य श्याम पुर्जा, ५ का सदस्य पूर्ण पाइजा र ६ का सदस्य पुष्पा बरुवालले दावी गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भन्दा फरक दलबाट निर्वाचित गाउँसभा सदस्यको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ ।

आवश्यक भन्दा धेरै संख्यामा दावी भएपछि टुंगो लाग्न सकेन् । समितिमा दावी गर्नुभएका कार्यपालिका सदस्य बिष्णु गर्बुजा र बिरबहादुर बिकले दावी फिर्ता लिनुभएको छ । सभामा लेखा समितिको नेतृत्व, काम, कर्तब्य र अधिकारका विषयमा सभाका सदस्यहरुले आफ्नो दावी र भनाई राख्नु भएको थियो ।

सभामा अन्नपूर्ण गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थ ागर्न बनेको बिधेयक–२०७९ टेबुल भएको छ । प्रशासकीय अधिकृत शर्माले आर्थिक वर्ष २०७९÷८० देखि ८३÷८४ सम्मको पञ्चवर्षीय आवधिक योजना, राजस्व सुधार कार्ययोजना, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण रणनीतिक योजना २०७९ अनुमोदनका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP