२०८३ श्रावण ९
July 25, 2026, Saturday

फागुन ५ देखि मंगला ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप’ हुने

मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ। आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा संचालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरेर संघले जानकारी गराएको हो ।

Advertisement

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष मुक्तिमान केसीले बताउनुभयो । त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संघले जानकारी दिएको छ।

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्टालिन शेरचन÷ सरद शेरचन र सह–प्रायोजकमा मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् । 

त्यस्तै जिल्ला भलिवल संघले प्राविधिक, रेफ्री र अफिसियल उपलब्ध गराउने भएको छ। प्रतियोगितामा सहभागि हुने टिमले दर्ता शुल्क पुरुषतर्फ ४ हजार महिलातर्फ २ हजार रुपैयाँ रहेको छ। फागुन २ र ३ गते नामदर्ता र ४ गते खेलतालिका सार्वजनिक गरिने संघले जानकारी दिएको छ। प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने छ । भने, प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्रबहादुर बानियाँले जानकारी दिनुभएको छ।

पत्रकार सम्मेलनमा मंगला गाउँपालिका वडानम्वर २ का वडाअध्यक्ष धनबहादुर खातीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस भलिवल प्रतियोगिताले लुकेर रहेको प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने बताउदै आर्थिक लगायतको ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै जिल्ला भलिवल संघका अध्यक्ष तेजन्द्रबहादुर बानियाँले लोकप्रिय भलिवल खेललाई पछिल्लो समय ब्यवस्थित रुपमा संचालन गर्ने योजना संघको रहेको जानकारी गराउदै यस प्रतियोगितालाई ब्यवस्थित रुपमा अघि बढाउन स्थानीय तहका जनप्रतिनिधि, ब्यवसायी लगायत सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । भलिवलमा उत्पादन भएका नयाँ खेलाडीलाई खेल क्षेत्रमा सम्भावना छ भन्ने वातावरण तयार गर्न खेलाडीलाई शारिरिक र मानसिक रुपमा सक्षम बनाउन प्रशिक्षण र भलिवल प्रतियोगिता आवश्यक हुने बताउनुभयो।मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष मुक्तिमान केसीको अध्यक्षता, जिल्ला भलिवल संघका महासचिव कुमार किसानको संचालनमा भएको कार्यक्रममा वडानम्वर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, रघुगंगा गाउँपालिका भलिवल संघका अध्यक्ष अशोक शाही, म्याग्दी उद्योग वाणिज्य संघ मंगला ईकाईका अध्यक्ष राजु पाण्डे, संघका सल्लाहकार श्रीराम पौडेल, सदस्य केपी सापकोटा लगायतको उपस्थित रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP