२०८२ असार २
June 16, 2025, Monday

फागुन ५ देखि मंगला ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप’ हुने

मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ। आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा संचालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरेर संघले जानकारी गराएको हो ।

Advertisement

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष मुक्तिमान केसीले बताउनुभयो । त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संघले जानकारी दिएको छ।

Advertisement

नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्टालिन शेरचन÷ सरद शेरचन र सह–प्रायोजकमा मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् । 

त्यस्तै जिल्ला भलिवल संघले प्राविधिक, रेफ्री र अफिसियल उपलब्ध गराउने भएको छ। प्रतियोगितामा सहभागि हुने टिमले दर्ता शुल्क पुरुषतर्फ ४ हजार महिलातर्फ २ हजार रुपैयाँ रहेको छ। फागुन २ र ३ गते नामदर्ता र ४ गते खेलतालिका सार्वजनिक गरिने संघले जानकारी दिएको छ। प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने छ । भने, प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्रबहादुर बानियाँले जानकारी दिनुभएको छ।

पत्रकार सम्मेलनमा मंगला गाउँपालिका वडानम्वर २ का वडाअध्यक्ष धनबहादुर खातीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस भलिवल प्रतियोगिताले लुकेर रहेको प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने बताउदै आर्थिक लगायतको ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै जिल्ला भलिवल संघका अध्यक्ष तेजन्द्रबहादुर बानियाँले लोकप्रिय भलिवल खेललाई पछिल्लो समय ब्यवस्थित रुपमा संचालन गर्ने योजना संघको रहेको जानकारी गराउदै यस प्रतियोगितालाई ब्यवस्थित रुपमा अघि बढाउन स्थानीय तहका जनप्रतिनिधि, ब्यवसायी लगायत सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । भलिवलमा उत्पादन भएका नयाँ खेलाडीलाई खेल क्षेत्रमा सम्भावना छ भन्ने वातावरण तयार गर्न खेलाडीलाई शारिरिक र मानसिक रुपमा सक्षम बनाउन प्रशिक्षण र भलिवल प्रतियोगिता आवश्यक हुने बताउनुभयो।मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष मुक्तिमान केसीको अध्यक्षता, जिल्ला भलिवल संघका महासचिव कुमार किसानको संचालनमा भएको कार्यक्रममा वडानम्वर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, रघुगंगा गाउँपालिका भलिवल संघका अध्यक्ष अशोक शाही, म्याग्दी उद्योग वाणिज्य संघ मंगला ईकाईका अध्यक्ष राजु पाण्डे, संघका सल्लाहकार श्रीराम पौडेल, सदस्य केपी सापकोटा लगायतको उपस्थित रहेको थियो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ माघ २१, शनिबार ०३:४२

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ माघ २१, शनिबार ०३:४२

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ माघ २१, शनिबार ०३:४२

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP