Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

दरबाङ खानेपानी आयोजना : म्याद सकियो काम ५० प्रतिशत

म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ ।

Advertisement

सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो । 

Advertisement

खानेपानी आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीवासीले सास्ती बेहोर्नु परेको दरबाङका रघुनाथ न्यौपानेले बताउनुभयो । दरबाङमा जनसङ्ख्या बढ्दै गएकाले समयमै आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र बर्सातको समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिरोले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताउनुभयो ।

उहाँका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर ५० एमएमको ९५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो । सुचारु भएको आयोजना निर्माणलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तीव्रता दिएका छौँ ।”

योजनाअन्तर्गत गाउँपालिका–७ स्थित छिपछिपे, ढुनोट र वडा नम्बर ६ गोजाखोला मुख्य मुहान र तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङलाई वितरण गरिनेछ । 

उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार ३८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट २९६ घरधुरीका १५४१ जनसङ्ख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् । मुहानबाट ६.८० किलोमिटर मुख्य पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । भने ३.६८ किलोमिटर शाखा लाइनको पाइप बिछ्याउने र धारामा मिटर जडानको काम बाँकी रहेको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका इन्जिनियर राजेश उलकका अनुसार, कार्यालयले आयोजना निर्माणका लागि पाइपसहित आवश्यक सामग्री खरिद गरी आयोजना निर्माण स्थलसम्म ढुवानीसमेत 

गरिसकेको छ ।  

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP