म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय गतब्य स्थल खोपरा लेकमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् ।

खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि हेलीप्याड समेत बनाएका छन् । खोपरामा दर्जनौँ हिमालका दृष्य लिने बेलामा सहज हुने स्थानमा राखिएको संयोजक गोविन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० हजारको खर्चमा उक्त काम गरिएको छ । सदरमुकाम बेनी देखि दुई दिनमा खोपरा पुग्न सकिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपरा प्राकृतिक ’भ्यू प्वाइन्ट’ हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखरलगायतका हिम टाकुराहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । खोपाराबाट नागबेली परेर फेदीमा बगेको कालीगण्डकी देखि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

खोपराबाट सुर्योदय, सुर्यास्तको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडि बस्ती देख्न सकिन्छ । खोपारा भन्दा तलको क्षेत्रमा हरियाली जंगल छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...