२०८३ श्रावण ९
July 25, 2026, Saturday

बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य खोपरामा बोर्ड राख्यो, हेलीप्याड बनायो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय गतब्य स्थल खोपरा लेकमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् ।

Advertisement

खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि हेलीप्याड समेत बनाएका छन् । खोपरामा दर्जनौँ हिमालका दृष्य लिने बेलामा सहज हुने स्थानमा राखिएको संयोजक गोविन्द्र क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४० हजारको खर्चमा उक्त काम गरिएको छ । सदरमुकाम बेनी देखि दुई दिनमा खोपरा पुग्न सकिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपरा प्राकृतिक ’भ्यू प्वाइन्ट’ हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखरलगायतका हिम टाकुराहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । खोपाराबाट नागबेली परेर फेदीमा बगेको कालीगण्डकी देखि हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

खोपराबाट सुर्योदय, सुर्यास्तको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडि बस्ती देख्न सकिन्छ । खोपारा भन्दा तलको क्षेत्रमा हरियाली जंगल छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP