२०८३ भाद्र २
August 18, 2026, Tuesday

भत्किएको शिव मन्दिरको जिणोद्धार

नेत्रराज सुबेदी

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा बसन्त बोगटी सदावर्त गुठीभित्र रहेको एक मन्दिर मर्मतसम्भार गरिएको छ । गुठिभित्र रहेको जिर्ण शिव मन्दिरको बेनी नगरपालिका वडा नं १ रत्नेचौर स्थायी घर भई हाल मलेसियामा रहेका ब्यवसायी दिपक बोगटीले मर्मत गर्नुभएको हो ।

निर्माण गरेको मन्दिर चर्किएको छ भने माथिल्लो भाग भत्किएपछि बोगटीले ब्यक्तिगत खर्चमा मर्मत गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने बसन्त बोगटी सदावर्त गुठी कोष मातहत पर्ने शिव मन्दिर मर्मत सम्भारको अभावका कारण भत्किने अवस्थामा पुगेको जानकारी पाएपछि मजदुरको सहयोगमा मर्मत गरिएको समाजेवी बोगटीले बताउनुभयो । मन्दिर राम मन्दिर भित्र रहेका सहयाक मन्दिरमा शिव मन्दिरको समेत फरक इतिहार रहेकाले तत्काल मर्मत आवश्यक देखेर मर्मत गरिएको बोगटीको भनाई छ ।

मन्दिर निर्माणमा समेत बोगटीले सहयोग गर्नुभएको थियो। जिर्ण मन्दिरको मर्मतमा कसैले चासो नदेखाएको मन्दिरमा लामो समयदेखि बस्ने भक्तजनले बोगटीलाई जानकारी गराएका थिए । समाजसेवी बोगटीले मन्दिर नजिकै पूरानो चौतारीलाई समेत फराकिलो बनाएर मर्मत गरेका थिए ।

आफ्नो पुर्खाले बनाएको मन्दिर र चौतारी जिर्ण भएपछि बोगटीले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका थिए भने मन्दिरभित्र बस्ने पूजारी, भक्तजन र नियमित पूजाआजमा प्रयोग गर्न मिल्ने गरी केरा समेत रोपिएको थियो । समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीको सम्झनामा जन्मगाउँ रत्नेचौरमा धार्मिक तथा विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

रघुगंगा गाउपालिकाको पिप्लेमा बसन्त गुठी अन्तरगत रहेको जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने क्रममा प्राप्त गरेको मुआब्जा रकमबाट ८५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । कोषको ब्याजबाट धर्म, संस्कृति, संस्कारको संरक्षणमा परिचालन गर्दै आएका छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP