Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

भत्किएको शिव मन्दिरको जिणोद्धार

नेत्रराज सुबेदी

Advertisement

म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा बसन्त बोगटी सदावर्त गुठीभित्र रहेको एक मन्दिर मर्मतसम्भार गरिएको छ । गुठिभित्र रहेको जिर्ण शिव मन्दिरको बेनी नगरपालिका वडा नं १ रत्नेचौर स्थायी घर भई हाल मलेसियामा रहेका ब्यवसायी दिपक बोगटीले मर्मत गर्नुभएको हो ।

Advertisement

निर्माण गरेको मन्दिर चर्किएको छ भने माथिल्लो भाग भत्किएपछि बोगटीले ब्यक्तिगत खर्चमा मर्मत गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने बसन्त बोगटी सदावर्त गुठी कोष मातहत पर्ने शिव मन्दिर मर्मत सम्भारको अभावका कारण भत्किने अवस्थामा पुगेको जानकारी पाएपछि मजदुरको सहयोगमा मर्मत गरिएको समाजेवी बोगटीले बताउनुभयो । मन्दिर राम मन्दिर भित्र रहेका सहयाक मन्दिरमा शिव मन्दिरको समेत फरक इतिहार रहेकाले तत्काल मर्मत आवश्यक देखेर मर्मत गरिएको बोगटीको भनाई छ ।

मन्दिर निर्माणमा समेत बोगटीले सहयोग गर्नुभएको थियो। जिर्ण मन्दिरको मर्मतमा कसैले चासो नदेखाएको मन्दिरमा लामो समयदेखि बस्ने भक्तजनले बोगटीलाई जानकारी गराएका थिए । समाजसेवी बोगटीले मन्दिर नजिकै पूरानो चौतारीलाई समेत फराकिलो बनाएर मर्मत गरेका थिए ।

आफ्नो पुर्खाले बनाएको मन्दिर र चौतारी जिर्ण भएपछि बोगटीले ब्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका थिए भने मन्दिरभित्र बस्ने पूजारी, भक्तजन र नियमित पूजाआजमा प्रयोग गर्न मिल्ने गरी केरा समेत रोपिएको थियो । समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीको सम्झनामा जन्मगाउँ रत्नेचौरमा धार्मिक तथा विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

रघुगंगा गाउपालिकाको पिप्लेमा बसन्त गुठी अन्तरगत रहेको जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने क्रममा प्राप्त गरेको मुआब्जा रकमबाट ८५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । कोषको ब्याजबाट धर्म, संस्कृति, संस्कारको संरक्षणमा परिचालन गर्दै आएका छन् ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP