Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक २२
November 7, 2026, Saturday

घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।

Advertisement

पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो ।

Advertisement

“यसअघि प्रदेश सरकारले सहयोग गरेका ३२३ वटा घरवासको अवस्था र प्रभावकारीताको अध्ययन, वास्तविकता पहिचान गरेर उत्कृष्ट होमस्टेको प्रर्वद्धनमा गर्ने नीति लिन्छौ,” उहाँले भन्नुभयो “सबैभन्दा राम्रो चलेको र बिग्रिएको होमस्टेको भिजिट गरेर पुनरावलोकन गर्न आवश्यक देखिएको छ ।”

प्रदेश सरकारले गण्डकीको सम्बृद्धिको पहिलो आधार पर्यटन बनाएको र पर्यटन विकासका लागि घरवास कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरेर पूर्वाधार र प्रर्वद्धनका गतिबिधिलाई अघि बढाउन प्रदेश सरकारले पहल गरेको मन्त्री जुग्जालीको भनाई थियो ।

पोखरामा आउने विदेशीका साथ साथै आन्तरिक पर्यटकहरुलाई आसपासका पर्यटकीय स्थलको भ्रमण गराएर बसाई लम्बाएर ग्रामिण क्षेत्रमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन जोड दिने बताउनुभयो ।
मन्त्रालयको पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति विभागका सचिव कृष्ण बहादुर बोहोराले यस वर्ष होमस्टे प्रर्वद्धनका लागि बिनियोजन भएको रु। एक करोड बजेट कार्यान्वयनका लागि प्रस्ताव आव्हानको तयारीमा रहेको जानकारी दिनुभयो । पर्यटन पूर्वाधारमा रु। दश करोड बजेटका योजना रहेको उहाँले बताउनुभयो ।

माघ २४ गतेदेखि शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । पोखरा देखि १२ किलोमिटर पक्कि सडकको यात्रा गरेपछि पुगिने पञ्चासेको फेदी, सारङकोट र पुम्दकोटको टाकुरासँग जोडिएको चापाकोटको दैलोमा पोखरा र फेवाताल छन् ।

पोखराको नजिक भएर पनि ओझेलमा परेको चापाकोटको पहिचान र विकाससँगै पर्यटन प्रबद्र्धनका लागि महोत्स आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो ।
कोदोबाट बनाइएको सेलरोटी, गाउँमा फलेका लप्सी, दमौराको अचार, अर्गानिक मह, साग, फेवाको असला, दुधे पिडालुको बजारीकरणको लक्ष्य लिएको पराजुलीले बताउनुभयो । माघ २८ गतेसम्म चल्ने महोत्सवमा मौलिक गित, नृत्य, बाजा प्रर्दशनी गरिएको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!