२०८३ भाद्र १०
August 26, 2026, Wednesday

गलेश्वर मन्दिरमा दर्शन गर्नेको भीड (फोटो फिचर)

म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । 

Advertisement

गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।

गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समुहले सेवा दिँदैआएका छन् । पूजा गर्न आउने भक्तजनलाई लक्षितगरी स्वयंसेवक परिचालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटा विशाल चक्रशीलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदैगर्दा यसै स्थानमा सतीदेवीकाे गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको दस्तावेजमा उल्लेख छ ।

चक्रशिलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्णगण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमशृङ्खला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी छन् । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो द्वार मुक्तिद्वारका नामले चिनिन्छ ।

चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्येबाट श्री विष्णु भगवानले वराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जलबराह कुण्डलाई दैविक चमत्कारको रुपमा दर्शनार्थीले लिनेगरेका छन् । चक्राकार जलवराह कुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास रहँदैआएको छ । शनिबार पर्वत बागलुङ, काठमाडौं, पोखरा, चितवन, बुटवल भैरवा, धादिङलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन् ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP