२०८० मंसिर २२
December 8, 2023, Friday

गलेश्वर मन्दिरमा दर्शन गर्नेको भीड (फोटो फिचर)

म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । 

Advertisement

गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।

Advertisement

गलेश्वर मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी, शिक्षक, प्रहरी, सामुदायिक प्रहरी, क्लब तथा स्थानीय आमा समुहले सेवा दिँदैआएका छन् । पूजा गर्न आउने भक्तजनलाई लक्षितगरी स्वयंसेवक परिचालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटा विशाल चक्रशीलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदैगर्दा यसै स्थानमा सतीदेवीकाे गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको दस्तावेजमा उल्लेख छ ।

चक्रशिलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्णगण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमशृङ्खला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी छन् । बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो द्वार मुक्तिद्वारका नामले चिनिन्छ ।

चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेको पृथ्वीलाई जलमध्येबाट श्री विष्णु भगवानले वराह अवतार लिएर उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएको सुख्खा याममा पनि पानी नसुक्ने जलबराह कुण्डलाई दैविक चमत्कारको रुपमा दर्शनार्थीले लिनेगरेका छन् । चक्राकार जलवराह कुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वास रहँदैआएको छ । शनिबार पर्वत बागलुङ, काठमाडौं, पोखरा, चितवन, बुटवल भैरवा, धादिङलगायत देशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन् ।

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ फाल्गुन ६, शनिबार ११:५५

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ फाल्गुन ६, शनिबार ११:५५

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ फाल्गुन ६, शनिबार ११:५५

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP