Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

बावियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ । मंगला गाउँपालिका–२ बावियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिकाको एक करोड, गण्डकी प्रदेश सामाजिक विकास कायालर्यको संग्राहलय निर्माणमा १६ लाख र जेष्ठ नागरिक बिश्राम स्थलका लागि ७ लाख र डिभिजन वन कार्यालयको १८ लाख आर्थिक सहयोगमा पार्क निमाण भएको हो ।

Advertisement

आइतवार एक समारोहका बिच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र जग्गादाता अधिकारीले उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा शुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको हो ।

Advertisement

पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरुको आकर्षण र स्थानीय बालबालिका, युवायुवति र ज्येष्ठ नागरिकहरुको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।
पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ ।

स्थानीय मौलिक संस्कृति र परम्परागत सामाग्रीको संरक्षणका लागिसंग्राहलय समेत स्थापना गरिएको छ । पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । त्यसैगरि थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।

आइतवार पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मान समेत गरिएको छ । बाजागाजा सहित बावियाचौर बजार परिक्रमा पश्चात पार्कमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवार संगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । आफु जन्मेर हुर्केको ठाउँमा दिर्घकालिन उपयोगका लागि जग्गाको आबश्यकता परेपछि समग्र मंगलाको समृद्धिमा सघाउने उदेश्यले आर्थिक रुपमा महंगो पर्ने जग्गालाई आफुहरुले निःशुल्क दान गरेको जग्गादाता इन्द्रबहादुर अधिकारीले बताउनुभयो ।
पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामाकरण गरिएको छ ।

म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी निर्माण गरिएको छ । पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । पार्क सञ्चालनमा आएसंगै मंगलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पार्कको उद्घाटनको पूर्वसन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो । उद्घाटन समारोहमा मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोल्नुभएको थियो । सोही अवसरमा पहिलो स्थानीय तहको निर्वाचनमा विजय भएका जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP