२०८३ भाद्र २
August 18, 2026, Tuesday

पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् ।

Advertisement

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा टेवा पु¥याउन सकिने बताइन् ।

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशिलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धी एवम् रोजगारीको सिर्जना गर्दै स्वाभलम्वि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने राष्ट्रपति भण्डारीले बताइन् ।

‘सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहाँसिक मठ मन्दिर र पर्यटकीय स्थलहरु मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्,’ उनले भनिन् ‘स्थानीय, प्रदेश र संघीय सरकारले अग्रसरता लिएर यस्ता स्थलहरुको संरक्षण, सम्र्वद्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ् ।’

जलजलाको जैविक विविधता युक्त कालञ्जर पहाड, मल्लाज दरवार, फलामेडाडा लगायत पर्यटकीय, धार्मिक र ऐतिहाँसिक स्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् ।

‘प्रसिद्ध बराह ताल संरक्षणका लागि समुदाय स्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ‘पर्वत जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभुत भएको छ ।’

कार्यक्रममा राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तब्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

लामिछाने र घर्ति क्षेत्री समुदायले एक करोड ५० लाख रुपैयाँको लागतमा दुई वटा मन्दिर निर्माण भएको आयोजकले जनाएका छन् । मन्दिर पुननिर्माणको मुख्यदाता रविन्द्रजंग लामिछनेले २५ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको निर्माण समितिका नविन जिसीले जानकारी दिए । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय संभावनायुक्त बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचारप्रसार र पहिचान दिलाउन सहयोग पुगेको बताए ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रुपमा सुन्दर छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।
जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP