२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबारदेखि जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभयो ।प्रमुख अतिथि गर्बुजाले खेलकुद र राजनीति एउटै भएकाले एकपटक पराजित भएपनि मेहनत गरेर जित्न सकिने बताउनुभयो ।उहाँले जिल्लाबाट छनौट भएका खेलाडीको प्रोत्साहनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

Advertisement

खेलमा सफल भएपनि राजनीतिमा सफल हुन धेरै मेहनत गरेको बताउँदै प्रमुख अतिथि गर्बुजलो खेलाडी खेलमा सहभागी हुनु नै विजय सरह भएको बताउनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले मन्तब्य राख्नुभएको थियो ।

Advertisement

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुन, मंगला गाउँपालिका उपाध्यक्ष पे्रमकुमारी अधिकारी, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेमुकुमारी पुन लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा गण्डकी प्रदेश कप विजेता महिला भलिबल टोलीलाई सम्मान गरिएको थियो ।

शनिबार सम्म चल्ने प्रतियोगितामा जिल्लाका ६ वटै पालिकाका खेलाडीको सहभागिता रहेको छ। रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।हरेक पालिकाबाट विभिन्न विद्याका ८० भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागि छन् ।

आठौ राष्ट्रपतिकपमा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश ः २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने छन् । प्रदेशमा म्याग्दी जिल्लाबाट ८८जना खेलाडी सहभागि गराईने छ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP