२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

चैत १ देखि म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने

म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी कप फुटबल ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह-आयोजनामा सुपर लिग फुटबल प्रतियोगिताको अवधारणमा आगामी चैत्र १ देखि १० गतेसम्म खुल्लामञ्च बेनीमा प्रतियोगिता हुने भएको हो ।

Advertisement

बिहिबार आयोजकले गरेको पत्रकार सम्मेलनमा जिल्लाभित्रका फुटबल प्रतिभाको पहिचानमा समेत सघाउने उद्देश्यले गरिएको ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम सुबेदीले बताए । उनले प्रतियोगितामा म्याग्दीका ८ र छिमेकी पर्वत जिल्लाका २ क्लवलाई सहभागिताका लागि निमन्त्रणा गरिएको बताए ।

‘फुटबल खेलाडीलाई यो अवसर हो,‘अब नियमित लिग खेलको वातावरणबन्दैछ’ संयोजक सुबेदीले भने ।प्रतियोगितामा एउटा क्लवले बाहिरी जिल्लाका ३ खेलाडीलाई सहभागी गराउन पाइने छ । एउटा क्लवले लिग चरणका ४ खेल खेल्न पाउने छ ।

पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले लिग प्रतियोगिता जिल्लाको फुटबल क्षेत्रमा कोशेढुंगा सावित हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यताका लागि समेत अव निब्रत गतिमा काम हुने विश्वकर्माले बताए ।प्रतियोगिताका कुल १० लाख आर्थिक संकलन गरी प्रतियोगिताको समापन लगत्तै अर्कोपटकको आयोजकलाई खेलबाट बचत भएको आर्थिक सहित जिम्मेबारी हस्तान्तरण गरिने उनले बताए ।

प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकी लगायत क्लवका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १ लाख १५ हजार, उपविजेताले ७० हजार, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक ७ हजार ५ सय, सर्वाधिक गोलकर्ता ७ हजार ५ सय, उत्कृष्ट यूवा खेलाडीले ५ हजार र ट्रफी प्राप्त गर्ने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताए ।

प्रतियोगिताका हरेक खेलमा म्याद अफ दी म्याच घोषित खेलाडीले २ हजार नदग र अनुशासित टिमले १० हजार नगद प्राप्त गर्ने छ । प्रतियोगितामा प्रति क्लव दर्ता शुल्क २० हजार र धरौटी २ हजार निर्धारण गरिएको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP