२०८३ असार ११
June 25, 2026, Thursday

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा ४ जना आकांक्षी

निर्माण व्यवसायी संघ म्याग्दीको यही फागुन २७ गते हुने २२ औँं साधारण सभा र एघारौँ अधिवेशनको तयारी सुरु भएको छ । यस अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय विभाजन रहेको निर्माण व्यसायी संघ केही समय अघि मात्र दुई समुह विच एकता भएको थियो ।

Advertisement

यस पटक संघको अध्यक्षमा ४ जनाले आकांक्षा देखाएका छन् । गोपाल भट्टचन, प्रदिप सापकोटा, विपिन खड्का र निरज भण्डारीले अध्यक्षको लागि आफ्नो तयारी गरेको बताएका छन् । खड्का र भण्डारी हाल भएको समितिमा रहेका छन् भने सापकोटा र भट्टचन समानान्तर समितिको फर्तबाट उम्मेद्वारी दिने तयारीमा छन् ।

Advertisement

लामो समयदेखि विभिन्न पदमा रहेर काम गरिसकेको बताउदै प्रदिप सापकोटाले यस पटकको अध्यक्षमा आफुले दावी गर्ने बताउनुभयो । ‘गोपाल भट्टचनको समुहमा रहने समयमा म उपाध्यक्ष पनि हो, त्यस समुहको पूर्ण सहयोग मलाई छ ।’ सपकोटाले भन्नुभयो ।

साना निर्माण व्यवसायी संग हातेमालो गर्दै संघको संस्थागत विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना सहित उम्मेद्वारी प्रस्तुत गर्ने योजना रहेको बताउनुभयो । अध्यक्षको आकांक्षी अन्यको साथ पनि आफु रहने उहाँले दावी गर्दै यसपकट कुनै पनि अबस्थामा आफु पछि नहट्ने उहाँको भनाई छ । ‘अहिले गोपाल दाईले अध्यक्षको आकांक्षा राखेपनि अन्तिममा मलाई सहयोग गर्छु भन्नुभएको छ, उहाँ संगै उहाँको ग्रुपले नै यस पटक मलाई अध्यक्षमा सहयोग गर्छन् ।’

यता अध्यक्षका अर्का आकांक्षी गोपाल भट्टचनले आफुले कुनै पनि हालतमा अध्यक्षको पदबाट पछि नहट्ने बताउनुभएको छ । लामो समय यस संस्था चलाएको अनुभव मलाई छ उहाँले भन्नुभयो । ‘ निर्माण व्यवसयीमा सबैलाई मिलाएर लैजाने क्षमता समेत छ, अहिले निर्माण व्यवसायीलाई अभिभावकको आश्यकता छ ।’

त्यस्तै दुई समुह बिच एकता बनाउ र जिल्लामा रहेका निर्माण व्यवसायीको हकहितका लागि आफ्नो अध्यक्षमा दावी रहेको निर्माण व्यवसायी विपिन खड्काले बताउनुभयो । ‘निर्माण व्यवासयीमा मेरो मुख्य प्राथमिकता भनेको नयाँ निर्माण व्यवासायीलाई प्रोत्साहन गर्ने हो, अब हामीले अग्रजलाई सम्मान गर्दै युवालई प्राथमिकता दिनुपर्छ ।’ लामो समय संघको हितको लागि काम गरिसकेको छु, हरेक निर्माण व्यवसायीको समस्या पनि बुझेको छु सबैको साथ हुन्छ भन्ने ढुक्क छु ।’ खड्काले भन्नुभयो ।

हरेक क्षेत्रमा अहिले युवाहरुको समय हो, संघमा अवको नेतृत्व युवाले नै गर्नुपर्छ भन्दै अर्का निर्माण व्यवसायी निरज भण्डारीले पनि अध्यक्षमा दावी रहेर्को बताउनुभएको छ । ‘अहिले हरेका क्षेत्रमा युवाको माहोल छ, यस पटक निर्माण व्यवसायी संघमा पनि युवालाई अवसर दिनुपर्छ ।’ भण्डारीले भन्नुभयो । ‘अहिले सम्म सक्रिय रुपमा काम गरिरहेका छौ, आफ्नो जिल्लामा निर्माणको जिम्मा लिएको योजनाहरुलाई समयमा नै सम्पन्न गरेको पनि छु ।’ युवा निर्माण व्यवसायीको साथ आफुलाई रहेको उहाँको दावी छ ।

उक्त अधिवेशनमा महासचिवमा हाल सदस्य रहेका कुशल जिसीले उम्मेद्वारी दिने बताउनुभएको छ । महासचिव स्व. अमृत कुमार श्रेष्ठको निधनपछि आफुले सक्रिय भएर काम गरेको उहाँको दावी छ । त्यस्तै माथिका ४ जनामा सहमती नभएमा अन्य व्यक्तीपनि अध्यक्ष सुन सक्ने हालका उपाध्यक्ष मनोज कार्कीले जानकारी दिनुभयो ।

अहिलको एकता अधिवेशनमा सहमतीमा नेतृत्व चयन हुने अध्यक्ष नारायण जिसीले बताउनुभयो । ‘यस पटक जिल्लाका सबै निर्माण व्यवसायी एकजुट भएको छौँ, यस पटक सहमतीमा नै अधिवेशन हुन्छ । हामीले अधिवेशनको तयारीलाई तिब्रता दिएको छौँ ।’ उहाँले भन्नुभयो । फागुन २५ गते सम्म ७० फर्मले नविकरण गरेका छन् ।  

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP