Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

निर्माण व्यवसायी संघ म्याग्दीमा नयाँ नेतृत्व, अध्यक्षमा भट्टचन

निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, उपाध्यक्षमा प्रवीण सापकोटा, नरसिङबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल निर्वाचित हुनुभएको छ ।

Advertisement

यसैगरी महासचिवमा दिनेश खत्री, उपमहासचिवमा ईन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल र सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल निर्वाचिन हुनुभएको छ । त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुङ्गाना, नवीन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल निर्वाचित हुनुभएको निर्माण व्यवसायी संघ म्याग्दीले जनाएको छ ।

Advertisement

यस अघिको कार्यकालमा विभाजित भएर दुईवटा समानान्तर समिति बनाएका निर्माण व्यवसायीहरुले यसपालि एकताको अधिवेशन गरेर सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेका हुन् । अध्यक्षमा निर्वाचित भट्टचन जिल्लाका पुराना निर्माण व्यवसायी हुनुहुन्छ । यसअघि संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै निर्माण व्यवसायी संघ म्याग्दीका संस्थापक नेत्रबहादुर महतले पछिल्लो समय निर्माण व्यवसायीहरुलाई हेर्ने नजर सकारात्मक नभएकाले यसलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले अब निर्माण व्यवसायीहरु एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताउँदै निर्माण व्यवसायीहरुले गरेको कामप्रति कसैले पनि औंला नउठाउने गरी निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीहरुले गर्ने काम अत्यन्त जोखिमयुक्त रहेकाले ध्यानपूर्वक गर्नुपर्ने भन्दै संस्थापक महतले निर्माण व्यवसायीले समयमै गुणस्तरीय कामहरु सम्पन्न गर्नुपर्ने बताउनुभयो । निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एकेन्द्रबहादुर रावलले द्वन्द्वकालको समयमा पनि आफूले निर्माण व्यवसायी संघको काममा केन्द्रीत भएर लागेको दावी गर्नुभयो ।

निर्माण व्यवसायीको लाईसेन्स प्राप्त गरेपछि आफू संघमा आबद्ध भएको बताउँदै उहाँले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्ने बताउनुभयो । देशको विकास निर्माणको जिम्मा निर्माण व्यवसायीको काँधमा भएकाले सबैको मन जित्ने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । संघका पूर्व अध्यक्ष कृष्णकुमार शेरचनले निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरुको पक्षमा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र म्याग्दीका पुराना निर्माण व्यवसायी गोपाल भट्टचनले देशमा समग्र विकास निर्माणको काम निर्माण व्यवसायीहरुको हातमा रहेकाले विकास निर्माणमा गुणस्तरीयता आवश्यक रहेको बताउनुभयो ।

उद्घाटनसत्रको समापन गर्दै संघका निवर्तमान अध्यक्ष नारायण जिसीले आफूले विभिन्न समस्या र परिस्थितिका बाबजुद पनि दुईदुई कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हालेर अहिले हस्तान्तरण गर्न आफू सफल भएको बताउनुभएको थियो । कार्यक्रम निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष नारायण जिसीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष विपिन खड्काको स्वागत र सचिव दिनेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष भट्टचनले निर्माण व्यवसायी संघमा सबैलाई मिलाएर एकताबद्ध बनाउँदै आफू अगाडि बढ्ने र जिल्लाको विकास निर्माणको कार्यमा तीव्रता, गुणस्तरीयताको साथै समयमै सक्ने गरी संघमार्फत आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP