२०७९ चैत्र ११
March 25, 2023, Saturday

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

Advertisement

नेत्रबिक्रम चन्द् विप्लप (सि) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन कार्यलयमा तालाबन्दि गरेको छ ।

Advertisement

तालाबन्दिका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको छ । स्ववीयु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको असहमति जनाउदै तालाबन्दि गरेको उक्त संगठनको क्याम्पस कमिटिका संयोजक मनिषा दर्जी (सी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भर्ना र संगठन दर्ताको प्रक्रीयामा असहमित छ,’ विज्ञप्तिमा भनिएको छ । तालाबन्दिका कारण स्ववीयु निर्वाचनको लागि मतदाता नामावली प्रकाशन, उमेद्वारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुवेदीले बताउनुभयो ।

विद्यार्थी संगठनसँग सोमबार भएको छलफलमा निर्वाचन घोषणापछि भर्ना भएका विद्यार्थीहरुको विषयमा संगठनका प्रतिनिधिहरुको मत बाझिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले केही विद्यार्थी संगठनले स्ववीयु चुनाव विथोल्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

यता ने बि संघ म्याग्दी क्याम्पस ईकाइ सभापती सुजता खत्रीले हारको मानसिकताले यस्तो तालाबन्दी गरेको आरोप लगाउनुभयो । क्याम्पसका संस्थापक सदस्य ठाकुरप्रसाद पराजुलीको निधनका कारण कार्यतालिका प्रभावित भएपछि सञ्चालक समितिले केही हेरफेर गरेको सञ्चालक समितिले जनाएको छ । म्याग्दी क्याम्पसमा ९ सय जनाको हाराहारीमा स्ववीयु चुनावका लागि मतदाता छन् । स्ववीयु चुनावको मिति नजिकिदै जाँदा विद्यार्थी संगठनहरुले उमेद्वार चयन र सक्रियता बढाएका छन् ।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ फाल्गुन ३०, मंगलवार ०२:०९

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ फाल्गुन ३०, मंगलवार ०२:०९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ फाल्गुन ३०, मंगलवार ०२:०९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP