२०८२ असार २
June 16, 2025, Monday

निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविरः पहिलो दिन १६ जनाको शल्यक्रिया

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा आज (आइतबार)देखि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन आज विभिन्न १६ जना मोतियाविन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको आयोजक नेत्रज्योति संघले जनाएको छ । शिविरको पहिलो दिन ३ सय जनाभन्दा बढीले नामदर्ता गराएकोमा झण्डै २ सय जनाले आँखाको परीक्षण गराएका छन् ।

Advertisement

शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अन्जु गुरुङ नेतृत्वको ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गरारहेका छन् । आजदेखि ३ दिनसम्म चल्ने शिविरको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जिसस प्रमुख थापासहित बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, सहयोगदाता मिसाल बाबर बाडेन–बाडेन जर्मनी, पोखरा व्यावसायिक महिला क्लबका सचिव ईन्दु भट्टराई र हिमालय आँखा अस्पताल घारीपाटन पोखराका संयोजक सुवास नेपालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल नेत्रज्योति संघ म्याग्दी शाखाका सभापति अमर बानियाँको अध्यक्षता र सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका सदस्य एवं बेनी नगरपालिका वडानम्बर ६ अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले स्वागत गर्नुभएको थियो । समुदायस्तरमा रहेको अन्धोपन निवारण गर्ने उद्देश्यसहित नेत्रज्योति संघको आयोजनामा शिविर सञ्चालन गरिएको जनाइएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ चैत्र ५, आईतवार १३:४९

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ चैत्र ५, आईतवार १३:४९

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ चैत्र ५, आईतवार १३:४९

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP