म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा आज (आइतबार)देखि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको पहिलो दिन आज विभिन्न १६ जना मोतियाविन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको आयोजक नेत्रज्योति संघले जनाएको छ । शिविरको पहिलो दिन ३ सय जनाभन्दा बढीले नामदर्ता गराएकोमा झण्डै २ सय जनाले आँखाको परीक्षण गराएका छन् ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अन्जु गुरुङ नेतृत्वको ८ जनाको टोलीले बिरामीहरुमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गरारहेका छन् । आजदेखि ३ दिनसम्म चल्ने शिविरको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा जिसस प्रमुख थापासहित बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, सहयोगदाता मिसाल बाबर बाडेन–बाडेन जर्मनी, पोखरा व्यावसायिक महिला क्लबका सचिव ईन्दु भट्टराई र हिमालय आँखा अस्पताल घारीपाटन पोखराका संयोजक सुवास नेपालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल नेत्रज्योति संघ म्याग्दी शाखाका सभापति अमर बानियाँको अध्यक्षता र सचिव राजेन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका सदस्य एवं बेनी नगरपालिका वडानम्बर ६ अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले स्वागत गर्नुभएको थियो । समुदायस्तरमा रहेको अन्धोपन निवारण गर्ने उद्देश्यसहित नेत्रज्योति संघको आयोजनामा शिविर सञ्चालन गरिएको जनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...