२०८० मंसिर २२
December 8, 2023, Friday

मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जलजला, पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

Advertisement

स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी सीता आचार्यले छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

Advertisement

वार्षिक परिक्षा २०७८ मा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने २०जना विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत झोला र शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मकुन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषबाट विद्यालयका १७ जना शिक्षकहरुलाई पनि झोला वितरण गरिएको छ ।

अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थी मध्य वार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राछात्रा र एक÷एक जना उत्कृष्ट दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि एनआरएनएका अध्यक्ष आचार्यले आफ्नो जन्म स्थानको शैक्षिक र सामाजिक विकासमा हातेमालो गर्ने बताउनुभयो । सामुदायिक विद्यायमा अध्ययनरत बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पालिकाका सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि आगामी नयाँ शैक्षिक सत्रदेखि नयाँ योजना कार्यान्वनय गरिने बताउनुभयो ।

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि,पूर्वाधार विकास र व्यवस्थापकीय सुधारका लागि पालिकाले योजना निर्माण गर्न लागेकाले अभिभावकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि अव जलजला एकपटक जुरुक्क उठ्नुपर्ने बताउनुभयो ।

स्वर्गीय मुना पौडेल आचार्यको स्मृतिमा आचार्य परिवारले २०६६ सालमा विद्यालयमा तिनलाख ३५ हजार दुईसय ९८ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको र आगामी दिनमा अक्षयकोषलाई वृद्धि गरिदै लैजाने योजना रहेको कोषका अध्यक्ष एकनारायण पौडेलले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि आचार्यको अध्यक्षता,शिक्षक डिल्लीराम पौडेलको संचालन र प्रअ आचार्यको स्वागतमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ चैत्र ६, सोमबार १४:०५

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ चैत्र ६, सोमबार १४:०५

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ चैत्र ६, सोमबार १४:०५

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP