जलजला, पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी सीता आचार्यले छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
वार्षिक परिक्षा २०७८ मा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने २०जना विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत झोला र शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मकुन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषबाट विद्यालयका १७ जना शिक्षकहरुलाई पनि झोला वितरण गरिएको छ ।
अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थी मध्य वार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राछात्रा र एक÷एक जना उत्कृष्ट दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि एनआरएनएका अध्यक्ष आचार्यले आफ्नो जन्म स्थानको शैक्षिक र सामाजिक विकासमा हातेमालो गर्ने बताउनुभयो । सामुदायिक विद्यायमा अध्ययनरत बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पालिकाका सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि आगामी नयाँ शैक्षिक सत्रदेखि नयाँ योजना कार्यान्वनय गरिने बताउनुभयो ।
सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि,पूर्वाधार विकास र व्यवस्थापकीय सुधारका लागि पालिकाले योजना निर्माण गर्न लागेकाले अभिभावकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि अव जलजला एकपटक जुरुक्क उठ्नुपर्ने बताउनुभयो ।
स्वर्गीय मुना पौडेल आचार्यको स्मृतिमा आचार्य परिवारले २०६६ सालमा विद्यालयमा तिनलाख ३५ हजार दुईसय ९८ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको र आगामी दिनमा अक्षयकोषलाई वृद्धि गरिदै लैजाने योजना रहेको कोषका अध्यक्ष एकनारायण पौडेलले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि आचार्यको अध्यक्षता,शिक्षक डिल्लीराम पौडेलको संचालन र प्रअ आचार्यको स्वागतमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...