२०८३ श्रावण १२
July 28, 2026, Tuesday

‘म्याग्दी कप’को उपाधी पश्चिम म्याग्दी यूवा क्लवलाई

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो ।

Advertisement

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा कालिपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी यूवा क्लवले उपाधी आफ्नो पक्षमा पारेको हो ।

कालिपुल यूनाइटेडका खेलाडीले प्रहार गरेको पाँचौ तथा निर्णायक पेनाल्टी पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले रोक्नु कालिपुल यूनाइटेडका लागि दूर्भाग्य बन्यो । भिषण बर्षा र खेलाडी बिचको विवादका कारण खेल केहीबेर रोकिएको थियो ।

फाइनल खेलमा कालिपुल यूनाइटेडका एक खेलाडीले रेडकार्ड पाएपछि खेलअवधिमै बाहिरिए भने दुवै समुहका गरी ५ खेलाडीले पहेँलो कार्डको सामना गर्नु परेको थियो । खेलाडीको विवाद र प्रतिकुल मौषमले खेल निकै तनावपूर्ण भएको थियो।

प्रतियोगिताको विजयी टीम पश्चिम म्याग्दी यूवा क्लवले रु १ लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता कालिपुल यूनाईटेडले ७० हजारसहित मेडल र प्राप्त गरेको हो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए भने सर्वाधिक गोलकर्ता कालिपुल युनाइटेडका बिनम थजाली, भए ।
थजालीले ८ गोल प्रहार गरेका थिए ।

प्रतियोगितामा गोलकर्तामा कालिपुल युनाइटेडका सन्दिप क्षत्री, उदयमान खेलाडी सनम विक, अनुशासित टिममा जनप्रिय यूवा क्लव दरबाङलाई सम्मान गरिएको थियो । अनुशासित क्लव र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफीप्राप्त गरे ।

विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक बिक्रम सुबेदी लगायतले ट्रफी मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुु्रु भएको थियो । प्रतियोगितामा १० क्लवको सहभागिता जनाएका थिए ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP