२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

‘म्याग्दी कप’को उपाधी पश्चिम म्याग्दी यूवा क्लवलाई

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो ।

Advertisement

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा कालिपुल युनाइटेडलाई ६–५ ले हराउँदै पश्चिम म्याग्दी यूवा क्लवले उपाधी आफ्नो पक्षमा पारेको हो ।

Advertisement

कालिपुल यूनाइटेडका खेलाडीले प्रहार गरेको पाँचौ तथा निर्णायक पेनाल्टी पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले रोक्नु कालिपुल यूनाइटेडका लागि दूर्भाग्य बन्यो । भिषण बर्षा र खेलाडी बिचको विवादका कारण खेल केहीबेर रोकिएको थियो ।

फाइनल खेलमा कालिपुल यूनाइटेडका एक खेलाडीले रेडकार्ड पाएपछि खेलअवधिमै बाहिरिए भने दुवै समुहका गरी ५ खेलाडीले पहेँलो कार्डको सामना गर्नु परेको थियो । खेलाडीको विवाद र प्रतिकुल मौषमले खेल निकै तनावपूर्ण भएको थियो।

प्रतियोगिताको विजयी टीम पश्चिम म्याग्दी यूवा क्लवले रु १ लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता कालिपुल यूनाईटेडले ७० हजारसहित मेडल र प्राप्त गरेको हो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए भने सर्वाधिक गोलकर्ता कालिपुल युनाइटेडका बिनम थजाली, भए ।
थजालीले ८ गोल प्रहार गरेका थिए ।

प्रतियोगितामा गोलकर्तामा कालिपुल युनाइटेडका सन्दिप क्षत्री, उदयमान खेलाडी सनम विक, अनुशासित टिममा जनप्रिय यूवा क्लव दरबाङलाई सम्मान गरिएको थियो । अनुशासित क्लव र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफीप्राप्त गरे ।

विजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, म्याग्दी कपका संयोजक बिक्रम सुबेदी लगायतले ट्रफी मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि सुु्रु भएको थियो । प्रतियोगितामा १० क्लवको सहभागिता जनाएका थिए ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ चैत्र ७, मंगलवार १४:१०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ चैत्र ७, मंगलवार १४:१०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ चैत्र ७, मंगलवार १४:१०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP