२०८३ असार ४
June 18, 2026, Thursday

मतदाता भेट्दै योजना संकलन गर्दै सांसद गर्बूजा

प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले मंगला गाउँपालिका-५,अर्मनमा पुगेर चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफल गर्नुभएको हो।

Advertisement

अर्मनको छिस्बाङ,टिकाबाङ,सिर्कुम र किमचौरमा रहेका सामुदायिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले संघीय सरकारबाट जिल्लालाई प्राथमिकतामा दिएर बजेट विनियोजनका लागि निरन्तर पहल गरेको बताउनुभयो ।

Advertisement

‘चुनावमा चिल्ला भाषण गदैं घरदैलोमा आएर भेटेर फर्कियो भन्ने नसम्झनुहोला,‘यसपटक म्याग्दीका लागि बजेट ल्याउन समेत अनुकुल वातावरण बन्दैछ’ सांसद गर्बुजाले भन्नुभयो । उहाँले मतदाता निराश नबनाउने गरी प्राथमिकतका आधारमा बजेट ल्याउने बताउनुभयो ।

जनताको दुःख सुखमा साथ दिएमात्रै मतको सदुपयोग र सम्मान हुने भएकाले आफ्नो कार्यकालमा जिल्लाभित्रका प्राथमिक योजनामा बजेटका लागि संघीय सरकार र गण्डकी प्रदेश सरकारका साथै प्रदेशभसा सदस्यसँगको समन्वयमा प्राथमिकता दिएर बजेटलाई जनतामाझ ल्याउने बताउनुभयो ।

सांसद गर्बुजालाई सारदा माविको भौतिक तथा शैक्षिक सुधारका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न विद्यालयका प्रधानध्यापक खगिन्द्र सापकोटा र दुर्गबहादुर खत्रीले मागपत्र बुझाउनुभएको थियो । भेटघाट तथा धन्यवाद कार्यक्रममा जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्तालगायतका ब्यक्तिहरुको उपस्थिति थियो।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP