२०८३ श्रावण १०
July 26, 2026, Sunday

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा

प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतदातालाई चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ।

शिख र घारमा आयोजित कार्यक्रममा सांसद गर्बुजाले आफ्नो कार्यकालमा मतदाताको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गर्नुभएको थियो । ‘समुदायबाटै आएको योजनाहरुलाई सकेको गर्नेछु, नसक्ने आश्वासन दिनेछैन’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटको क्रममा सांसद गर्बुजाले सबै ठाउँमा एकैपटक पुग्न सम्भव नभएकाले प्रतिनिधिसभामा बैठक नभएको समयलाई वडास्तरमा आएर समुदायसँगको भेटघाटमा जुट्ने बताउनुभयो ।

सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी बस्ती–बस्तीमा पुग्ने अभियानले योजनामा समुदायको आवश्यकता र प्राथमिकताको पहिचान हुने बताउनुभयो। सांसद गर्बुजा बुधबार मंगला गाँउपालिका वडा नं ५ अर्मनका विभिन्न बस्ती र बिहिबार बेनी नगरपालिका वडा नं ९ र १० का वडाहरुमा भेटघाट गर्नुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार अन्य वडाहरुमा समेत थप तालिका बनाएर अभियान सञ्चालन गरिने छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP