प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतदातालाई चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ।
शिख र घारमा आयोजित कार्यक्रममा सांसद गर्बुजाले आफ्नो कार्यकालमा मतदाताको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गर्नुभएको थियो । ‘समुदायबाटै आएको योजनाहरुलाई सकेको गर्नेछु, नसक्ने आश्वासन दिनेछैन’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटको क्रममा सांसद गर्बुजाले सबै ठाउँमा एकैपटक पुग्न सम्भव नभएकाले प्रतिनिधिसभामा बैठक नभएको समयलाई वडास्तरमा आएर समुदायसँगको भेटघाटमा जुट्ने बताउनुभयो ।
सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी बस्ती–बस्तीमा पुग्ने अभियानले योजनामा समुदायको आवश्यकता र प्राथमिकताको पहिचान हुने बताउनुभयो। सांसद गर्बुजा बुधबार मंगला गाँउपालिका वडा नं ५ अर्मनका विभिन्न बस्ती र बिहिबार बेनी नगरपालिका वडा नं ९ र १० का वडाहरुमा भेटघाट गर्नुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार अन्य वडाहरुमा समेत थप तालिका बनाएर अभियान सञ्चालन गरिने छ ।
म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...
धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...