२०८० मंसिर २२
December 8, 2023, Friday

क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा

बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन ।

Advertisement

सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो । समितिको संयोजकमा रामकृष्ण शर्मा चयन हुनुभएको छ भने सहसंयोजकमा सपना जुग्जाली र झलक गैरपीपल चयन हुनुभएको छ ।
संयोजक शर्मा मोना कतारको पूर्व सचिव हुनुहुन्थ्यो । बेनी नगरपालिका ९ निवासी शर्मा हालै मात्र कतारको बसाईलाई विट मार्दै क्रोएशिया पुग्नुभएको थियो ।

Advertisement

समितिको महासचिवमा रुपेश सुन्दास, सचिवमा सन्तोष सेवा र कोषाध्यक्षमा झलक जिसी र सहकोषाध्यक्षमा गोविन्द दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा राजु परियार, प्रेम परियार, पूर्ण परियार, भिम परियार, रमेश परियार, सुनिल सुन्दास, निरज परियार, मोहनसिंह ठगुला, विमल पुन, तिल सुन्दास, मनिस घर्ति मगर, जस बहादुर पुन, राम्जी पौडेल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा नै राम बहादुर सार्की, देविलाल परियार, नारायण परियार, सुनिता विक, गकुल शर्मा, कुमार परियार, रमेश फगामी, विजय बुढाथोकी, खेम फगामी, गहतराज फगामी, दिपा पुन, दिवा पुन, उर्मिला सुनुवार, केशर पुन र नर बहादुर सार्की रहनुभएको छ ।

भेलाले तेज सुन्दासलाई प्रमुख सल्लाहकार चयन गरेको संयोजक शर्माले जानकारी दिनुभयो । भेलाले विभिन्न उपसमिति समेत गठन गरेको छ । सुनिल सुन्दासको संयोजकत्वमा खेलकुद, सपना जुग्जालीको संयोजकत्वमा सांस्कृतिक, रुपेश सुन्दासको संयोजकत्वमा प्रचार प्रसार र झलक जिसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको महासचिव रुपेश सुन्दासले जानकारी दिनुभयो ।

क्रोएशियामा रहेका म्याग्देलीहरु एकजुट भई जिल्लामा घट्ने विभिन्न विपतका घटनाहरुमा सघाउने र सामाजिक सेवाका गतिविधिहरुमा अग्रसर हुने उद्देश्यले मोना क्रोएशियाको तदर्थ समिति गठन गरिएको संयोजक शर्माले बताउनुभयो । अवको ३ महिनामा प्रथम अधिवेशन गरि कार्य समिति चयन गरि सक्रियताका साथ आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने उहाँको भनाई छ । साथै क्रोएशियामा रहेका म्याग्देलीहरुविच भावनात्मक एकता र सद्भाव कायम गरि हरेक सुख दुखमा संगै रहने पनि संस्थाको उद्देश्य रहेको छ ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ चैत्र २०, सोमबार १४:३७

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ चैत्र २०, सोमबार १४:३७

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ चैत्र २०, सोमबार १४:३७

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP