२०८२ असार २
June 16, 2025, Monday

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । सांसद गर्बुजाले युवाहरुको प्रतिभा पहिचान ,खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनमा पालिका,प्रदेश र संघ सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

Advertisement

पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपुर्ण भुमिका रहने उहाँले बताउनुभयो । निर्वाचित भएपछि आफुहरु जिल्लामा अलपत्र विकास आयोजनाहरुलाई सुचारु गर्न र निर्माणधिन आयोजनाहरुलाई तिब्रता दिन पहल गरिरहेको जानकारी गराउँदै जिल्लाको समग्र विकासका लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय सरकार र जनतालाई असहयोग गर्नुका साथै दु:ख दिने गरेकाले यसलाइै खारेज गर्नुपर्ने आवाज उठेको भन्दै सांसद गर्बुजाले यसबारेमा आफुले पनि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisement

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा निवर्तमान मन्त्रि रेशम जुग्जाली, हरी भण्डारी, विमला गौचन, जिसस प्रमुख राजकुमार थापा, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति कृष्णप्रसाद बरुवाल, नेकपा एमालेका पालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा, वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा, पूर्व वडा अध्यक्ष गम बहादुर फगामी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निदेश केसी लगायतले खेलकुद प्रतियोगिताले खेलप्रतिभाको विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रतियोगितामा वडा नम्बर १ बाट ४ टिम, २ बाट २, ३ बाट ३, ४ बाट ३, ५ बाट ४, ६ बाट ३, ७ बाट ४ र ८ नम्बर वडाबाट ४ टिम गरी २७ टिमले सहभागी जनाएको पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मंलगबार विहान देखि लिग प्रणालीमा खेल सञ्चालन गरिने छ । खेलकुद प्रतियोगिताले पालिका स्तरमा खेलकुद क्षेत्रका विकासमा टेवा पुग्नुका साथै खेलाडीहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले खेलकुदले मैत्रीपुर्ण सम्बन्ध स्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।


प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमश: ३० र २० हजार नगदसहित ट्रफी, मेडल र सम्मान पत्र प्रदान गरिने शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो । आठवटा वडालाईलाई प्रोत्साहन स्वरुप पालिकाले ५०/५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष दिवा कुमारीको पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालनमा प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको पहिलो दिन पालिकाका जनप्रतिनिधि र कर्मचारीकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जनप्रतिनिधिको समुह विजयी भएको प्रमुख प्रशासकीय अधिकत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली मंगलबार देखि प्रतिस्पर्धात्मक खेलहरु संचालन गरिने छ ।

प्रतियोगिताका अवसरमा म्याग्दीको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै जिल्लाका अग्रज पत्रकार घनश्याम खड्कालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै पत्रकार महासंघ म्याग्दीका साधारण सदस्य गणेश गुरुङ (सुरेन)लाई पनि सम्मान गरेको छ । साथै पालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएको भन्दै समाजसेवी इन्द्रसिङ शेरचन सहित निवर्तमान जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पालिकाले सम्मान गरेको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ चैत्र २८, मंगलवार ०१:४७

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ चैत्र २८, मंगलवार ०१:४७

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ चैत्र २८, मंगलवार ०१:४७

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP